तमु लोछारका अवसरमा मुख्यमन्त्रीद्वारा शुभकामना

IMG-20240924-WA0304

गान्ताेक: मुख्यमन्त्री प्रेमसिंह तामाङले तमु लोछारको पावन अवसरमा राज्यवासीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले यस पर्वले सबैका लागि सुस्वास्थ्य, नवीकरण भएका आकांक्षा र अर्थपूर्ण उपलब्धि प्रदान गरोस् भनी कामना गरेका छन्।
शुभकामना सन्देशमा मुख्यमन्त्री तामाङले तमु लोछारको आनन्दमय तथा शुभ अवसरमा सिक्किमका सम्पूर्ण जनतालाई, विशेषगरी गुरुङ समुदायलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका हुन्।
मुख्यमन्त्रीका अनुसार तमु लोछार आशा, नयाँ सुरुवात र आशावादले भरिएको नयाँ वर्षको प्रतीक हो। उनले यस अवसरलाई साझा मूल्यमान्यतामाथि आत्मचिन्तन गर्ने, समृद्ध सांस्कृतिक सम्पदाको उत्सव मनाउने तथा सद्भाव, एकता र पारस्परिक सम्मानप्रतिको प्रतिबद्धता नवीकरण गर्ने समयका रूपमा वर्णन गरेका छन्।
मुख्यमन्त्री तामाङले यो पवित्र अवसरले राज्यवासीहरूका जीवनमा शान्ति, खुशी र समृद्धि ल्याओस् भन्ने कामना गर्दै आगामी वर्षले प्रत्येक घर–परिवारमा प्रगति र कल्याण लिएर आओस् भनी प्रार्थना गरेका छन्।

About Author

Advertisement