ड्रेगोन एफसी दुई गोलले विजयी

IMG-20240210-WA0159.jpg

गान्तोक: गत ३ फरवरीदेखि शुरू भएको सिक्किम प्रीमियर लीगको लीग खेल अन्तर्गत आज पाल्जोर स्टेडियममा आज सिक्किम ड्रेगन्स एफसी बनान सिङलिङ एससी माझ भीडन्त भयो। आजको खेलमा मुख्य अतिथिको रुपमा सिक्किम राज्य ब्याङ्कका अध्यक्ष डीबी गुरुङ उपस्थित थिए। यस प्रतियोगितामा उत्कृष्ट खेल खेल्दै सिक्किम ड्रेगन्स एफसीले सिङलिङ एससीलाई शून्यको विरुद्ध दुई गोल गरेर पराजित गऱ्यो। आजको खेलमा सिक्किम ड्रेगन्सका खेलाडी सुनिल सापकोटालाई इमर्जिङ प्लेयर अफ द डे- को ट्रफी प्रदान गरियो भने सिक्किम ड्रेगन्सका जर्सी नम्बर २७ हिस्से नर्बु लेप्चालाई म्यान अफ दी म्याचको ट्रफी प्रदान गरियो। यी दुई खेलाडीलाई मुख्य अतिथि डीबी गुरूङको बाहुलीबाट ट्रफी प्रदान गरियो। ज्ञात रहोस् आज नाम्चीको भाइचुङ स्टेडियममा पनि आक्रमण एससी अनि रेडपाण्डा एफसी माझ खेला सम्पन्न भयो। उल्लेखनीय छ, सिक्किम राज्यमा फुटबललाई प्राथमिकता दिँदै यसलाई राष्ट्रीय साथै अन्तराष्ट्रीयस्तरमा पुऱ्याउने उददेश्यले सिक्किम प्रिमियर लिग गत वर्षदेखि शुरू गरिएको हो।

About Author

Advertisement