ड्रग्स विरोधी अभियानमा सोनादा पुलिसद्वारा ५ जना युवाहरु पक्राउ

IMG-20250625-WA0071

सोनादा: सोनादा पुलिसले फेरि नशाखोर विरुद्ध अभियानमा स्थानीय ५ जना नशाखोर युवाहरूलाई पक्राउ गरेका छन्। दार्जिलिङ जिल्ला पुलिस अधीक्षकको निर्देशनमा सोनादामा ड्रग्स विरोधी अभियान चलाएर ड्रग्सखोरी यसो युवाहरूलाई सोनादा आउटपोष्ट पुलिसले पक्राउ गरेर आज दार्जिलिङ जिल्ला अदालतमा चलान गरिएको छ। पुलिस प्रशासनको यस प्रकारको अभियानमा स्थानीयहरुले पनि साथ सहयोग दिन आवश्यक देखिएको छ‌। ड्रग्समुक्त सोनादा बनाउनलाई पुलिसको पहललाई स्थानीय गाउँ समाजले पनि सहयोग गर्नु नितान्त आवश्यक देखिएको छ‌। किनभने यस क्षेत्रमा विस्तारै यस प्रकारको नशाखोरहरू बढ्दै गइरहेका छन् जो अति चिन्ताको विषय बनेको छ। विशेष गरेर यहाँको युवा जमात र युवा अवस्थामा पाइला टेकिरहेका किशोर किशोरीहरू यसको शिकार बन्न पुग्छन्। जो भावी पिढीको निम्ति धेरै खतरनाक समस्या हो। समाज र देश जति उन्नतिशील बन्दै गयो त्यति नै समाजमा विश्रृङ्खलता बढ्दै गइरहेको छ। आजको परिस्थिति र परिवेशमा हाम्रो समाजमा अशिक्षित एकदमै कम पाइन्छ। आजको परिस्थितिमा जति समाज, जाति सभ्य र शिक्षित बन्दै गयो त्यति नै ठूलाहरूको सम्मान, डर र संस्कार हराउँदै गइरहेछ। यस प्रकारको रोगबाट समाजलाई अक्षुण्ण राख्न सोनादा पुलिस प्रशासनले चालेको कदमलाई सराहना गर्न मात्र होइन पूर्णरूपमा सहायता गर्नु पर्ने तथा समाजलाई ड्रग्स, अफिम अथवा नशालु पर्दाथ सेवाबाट मुक्त अघि आउनुपर्ने बताउँछन्।‌ सोनादा पुलिसद्वारा पक्राउ गरिएका ५ जना युवाहरुलाई दार्जिलिङ कोर्टमा पठाइएको जानकारी प्राप्त भएको छ‌। योभन्दा पहिला पनि सोनादा पुलिसले ड्रग्स विरोधी अभियानमा ड्रग्स ओसार पसारको आरोपमा धेरैलाई पक्राउ गरिसकेको छ र ड्रग्समुक्त बनाउन रिहाब सेन्टरमा पनि पठाई सकेको छ।

About Author

Advertisement