ड्रग्स तस्कर पक्राउ

photocollage_202261316275750.jpg

पानीघट्टा: गोप्य सूचनाको आधारमा पानीघट्टा आउट पोस्ट पुलिसले आज बिहान एकजना ड्रग्स तस्करलाई मोटर बाईकसँगै पक्राउ गरेको छ। पक्राउ पर्ने ड्रग्स तस्कर दार्जीलिङ निवासी रहेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्राउ परेका युवकबाट पुलिसले लगभग ५ सय वटा नशालु इन्जेक्सन उद्धार गर्नको साथै एउटा बाईक पनि जफत गरेको छ। पुलिसले नाका चेकिङ गरिरहेको देखेपछि पक्राउ पर्ने उक्त आरोपीले पुलिसको आँखा छलेर आधाजसो नशालु इन्जेक्सन नालामा फ्याँके तापनि पुलिसले नालाबाट ती इन्जेक्सनहरू फेला पारेको छ।

About Author

Advertisement