गान्तोक: रम्फू पुलिसले ड्रग्स सहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा अश्विन दाहाल र महल माझी रहेका छन्। पुलिसले जानकारी गराए अनुसार रम्फू पुलिसले माझीटारमा डब्ल्यूबी-९७-१९९४ को टाटालाई शंका गरेपछि रोकेको थियो। जाँचको क्रममा दुई जनालाई ड्रग्स सहित पक्राउ गरेको हो। विश्वासनीय सुत्रले पुलिसलाई उक्त टाटाका चालकले ड्रग्स ल्याइएको छ भन्ने सूचना दिएका थिए, भने पुलिसले उक्त सूचनालाई गम्भीरतापूर्वक लिँदै रोकेर जाँच गरेको थियो। रम्फू थानामा प्रभारी सागर सुब्बाले जाँच गर्ने क्रममा ५०.८३ ग्राम ब्राउन सुगर, २ बोतल कफ सिरप फेला पारेको छ। पुलिसले जानकारी गराए अनुसार पक्रा पर्ने महर माझी माझीटार निवासी हुन् भने अश्विन दाहाल कालेबुङ निवासी हुन्। पुलिसले आरोपीहरूलाई हिरासतमा लिएर केरकार गरिरहेको छ।









