ड्रग्ससहित एक युवक पक्राउ

IMG-20241020-WA0228

गान्तोक: सिक्किम पुलिसले राज्यलाई ड्रग्समुक्त बनाउनको निम्ति गत केही वर्ष अघिदेखि एक अभियानको रूपमा युद्ध शुरू गरेको छ। पुलिसको यस अभियान अन्तर्गत हालसम्म ड्रग्सको धन्दामा लिप्त आरोपीहरूलाई पक्राउ गरिसकेको छ। यसै क्रममा हिजो गेजिङ जिल्लाको कलुक पुलिसले ड्रग्ससहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी कलुक डाँडागाउँ निवासी विशाल छेत्रीको रूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसले जानकारी गराए अनुसार आरोपी छेत्रीले हिजो कलुक बजारबाट पक्राउ गरिएको हो। पुलिसले आरोपीबाट ११८ वटा स्पास्मो प्रोक्सिवन क्याप्सुल फेला पारेको छ। आरोपीविरूद्ध पुलिसले सिक्किम एन्टी ड्रग्स एक्ट अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ। आरोपी छेत्री केही दिनदेखि पुलिसको शंकाको घेरोमा रहेको र उनीमाथि कलुक पुलिसले निगरानी गर्दै आइरहेको थियो।

About Author

Advertisement