डोह ङाग छोइ खोर्लिङ गुम्बामा राप्ने पूजा सम्पन्न

IMG-20230810-WA0221.jpg

सिलगढी: सिलगढीको गुरुङ नगरमा अवस्थित डोह ङाग छोइ खोर्लिङ गुम्बामा आज राप्ने पूजा सम्पन्न भयो। समतल क्षेत्रका बौद्ध धर्मवल्मभीहरूका निम्ति उक्त गुम्बा प्रमुख धार्मिक केन्द्र हो। बौद्ध धर्म परम्परा अनुसार उक्ता गुम्बामा रहेका बौद्ध पुस्त साथै कुहू(मूर्ति)हरूलाई पवित्र मानिन्छ। गुम्बाको संरक्षण र विकासमा वर्षौँदेखि सक्रिय रहेको सिलगढी बुद्धिस्ट एसोसिएसनले यस चोटि गुम्बाको बनावट र सौन्दर्यीकरणमा विशेष ध्यान दिएको छ। वर्षौँदेखि विविध धार्मिक अनुष्ठानहरूको आयोजना गर्दै आइरहेको एसोसिएसनले यस चोटि महिनौँ लगाएर वर्षौँ पुरानो गुम्बाका छेसुम र कुहूहरूको रङ्ग पचेरा गरेको छ।

बौद्ध धर्म परम्परा अनुसार कालेबुङमा सिपालु खाइबाहरूले महिनौँ लगाएर गुरुङ बस्तीको डोह ङाग छोइ खोर्लिङ गुम्बालाई नयाँ रूप प्रदान गरेका छन्। एसोसिएसनका अध्यक्ष डीबी योञ्जनले आकर्षक रूपमा गुम्बाले रूप फेरेको बारे जनाउँदै आज सम्पन्न राप्ने पूजाबारे जानकारी दिएका हुन। उनले भने, ‘सिलगढीको एउटा प्रमुख धार्मिक स्थल भएको कारण हामीले समय समयमा यसको सुन्दरीकरणमा पनि ध्यान दिनु पर्दछ। गुम्बाको संरक्षण र विकासमा हामीले वर्षौँदेखि पहल गरिरहेका छौँ। आज करिब पचासपछि हामीले छेसम र कुहूहरूको पुनरङ्गन गर्न सक्यौँ। बौद्ध धर्म परम्परा अनुहार सुन्दर बनाएर, रूप फेरेर मात्र हुँदैन। हामीले छेसम र मूर्तिमा प्राण पनि हाल्नु पर्छ। त्यसैले आज भव्यतासाथ राप्ने पूजा गऱ्यौँ’।

गुम्बाका लोपेन डेन्डुप शेर्पाको अगुवाइमा पूजा सम्पन्न भएको यस पूजामा गुम्बाका अन्य धर्म गुरुहरूको पनि उपस्थिति रहेको थियो। विभिन्न मन्त्र जब, ग्रह जब, दोमङ आदिको पाठ गरेर पूजा सम्पन्न भएको थियो। पूजामा एसोसिएसनका सदस्यहरू विष्णु लामा, गोपाल लामा, महेन्द्र कुमार लामा, किशोर लामा, पासाङ शेर्पा, आशोक तामाङ, सुरेन तामाङ, फुर्वा योञ्जन, राजेन ग्याबक आदि उपस्थित थिए। मह्णीपा मण्डलीका कल्पना तामाङ, सुमानी लामा, शान्ति सिङ्गर, रोजी घिसिङ, दासमु तामाङ, अञ्जु लामा, आदि उपस्थित थिए।

About Author

Advertisement