डोपिंगमा फस्ने हरमनजोत सिंहमाथि अस्थायी प्रतिबन्ध

IMG-20261012-WA0055

नयाँ दिल्ली: एशियाई क्रस कण्ट्री च्याम्पियनशीपमा यस साल रजत पदक जित्ने अनि टीसीएस वर्ल्ड बेंगलुरु १० किलोमीटर रेसमा भारतीय वर्गका विजेता लामो दूरीका धावक हरमनजोत सिंह डोपमा फसेका छन्। नाडाद्वारा लिइएको उनको नमूना (सेम्पल)-मा स्टेरोयड मिटेण्डिनान पाइएको छ। उनीमाथि अस्थायी प्रतिबन्ध लगाइएको छ। अब उनले १८ अक्टोबरमा हुने वेदान्ता दिल्ली हाफ म्याराथनमा हिस्सा लिन सक्नेछैनन्। उनलाई यस प्रतिष्ठित हाफ म्याराथनमा भारतीय वर्गका विजेता बन्ने दावेदार मानिएको थियो। नाडाले पञ्जाबका हरमनजोतको नमूना प्रतियोगितादेखि बाहिर १२ अगस्तमा एशियाई खेलहरूका निम्ति लगाइएको शिविरमा लिएको थियो। उनको डोप पोजिटिभ रिपोर्ट यस हप्ता आयो। हरमनजोतले एशियाई खेलहरूका ट्रायलको रूपमा भुवनेश्वरमा आयोजित इण्टर स्टेट एथलेटिक मीटमा ५००० मीटर दौड़मा काँस्य पदक जितेका थिए तर उनी एशियाडको टोलीमा स्थान बनाउन असफल भएका थिए। हरमनजोतले अब आफ्नो बी सेम्पल टेस्ट गराउनु पर्नेछ। बी सेम्पलमा पनि पोजिटिभ आए उनले नाडाको सुनुवाई प्यानल समक्ष आफ्नो पक्ष राख्नु पर्नेछ। जवाफ असन्तोषजनक रहे उनीमाथि ४ सालसम्मको प्रतिबन्ध लाग्न सक्छ। गत केही समयदेखि मध्य र लामो दूरीका धेरेजना एथलीट डोपमा फसेका छन्। एशियाई खेलहरू अघि अभिषेक पाललाई पोजिटिभ पाइएको थियो अनि उनी एशियाडको निम्ति जापान जान सकेका थिएनन्।

About Author

Advertisement