डोन्सी लामा एसकेएम पार्टीबाट निष्कासित

FB_IMG_1718386477355.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले पार्टी कार्यकर्ता डोन्सी लामालाई पार्टीबाट निष्कासित गरेको छ। चानमारी निवासी लामा एसकेएम पार्टीको राज्यस्तरीय नारी शक्ति महासचिव थिइन्। उनलाई पार्टीको पदलगायत प्राथमिक सदस्यताबाट निष्कासित गरिएको छ।

एसकेएम महासचिव (मुख्यालय/प्रशासन) पवन गुरुङद्वारा जारी गरिएको निष्कासन आदेशमा उक्त जानकारी गराएको छ। डोन्सी लामामाथि पार्टी विरोधी गतिविधिमा संलग्न रहेको आरोप छ।

About Author

Advertisement