डोनर मन्त्रालयकी संयुक्त सचिव अनुराधा एस चाग्टी पेलिङमा

IMG-20221127-WA0225.jpg

गेजिङ: भारत सरकारको डोनर डेभलपमेन्ट अफ् नर्थ इस्टर्न रिजन) मन्त्रालयका संयुक्त सचिव श्रीमती अनुराधा एस चाग्टी आज पेलिङ आइपुगिइन्। उनी गेजिङ जिल्लामा अन्य पछौटे वर्गको विकासको समीक्षा गर्न यहाँ आएकी हुन्। केन्द्रीय अधिकारीलाई जिल्लाकी जिल्लापाल श्रीमती यशे डी योङ्गदाले स्वागत जनाइन्।

डोनर मन्त्रालयकी संयक्त सचिवको साथमा अरुणाचल प्रदेशको प्रशासनिक सुधार विभागका सचिव अजय चाग्टी साथै अन्य पनि पेलिङ आएका छन्। उनीहरूले भोली दिनभरि चोङ्गराङ खण्डको भ्रमण गरेर विभिन्न जानकारी लिनेछन्।

About Author

Advertisement