डेन्जोङ देचेन शिङ द्रुप मोनलम छेनमोको आठौँ दिन भव्य रूपमा सम्पन्न

Screenshot_20260322_225250_Facebook

गान्तोक: छैटौँ डेन्जोङ देचेन शिङ द्रुप मोनलम छेनमोको आठौँ दिन थार्पा मणि ल्हाखाङ, ताथाङछेनमा विशेष धार्मिक कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। यस अवसरमा परम आदरणीय क्याब्जे गोनजाङ रिन्पोछेले ठूलो संख्यामा उपस्थित भक्तजनहरूलाई प्रार्थना अर्पण गर्नुका साथै वाङ प्रदान गरे।
कार्यक्रममा विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रह्यो। रिन्पोछेबाट आशीर्वाद र वाङ ग्रहण गर्न टाढा–टाढाबाट भक्तजनहरू सहभागी भए।
यसैबीच डेन्जोङ देचेन शिङ द्रुप मोनलम छेनमो समितिका संरक्षक तथा श्यारी क्षेत्रका विधायक तेन्जिङ लाम्थाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै जिन्धा तथा विभिन्न संस्थाहरूलाई धन्यवाद व्यक्त गरे।
उनले रिन्पोछेबाट आशीर्वाद तथा वाङ प्राप्त गर्न देशका विभिन्न स्थानबाट आएका भक्तजनप्रति पनि आभार प्रकट गरे। साथै, सबैको सहकार्यका कारण पूजा कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको उनले उल्लेख गरे।

About Author

Advertisement