सिलगढी: केन्द्रीय राजस्व गुप्तचरले डेढ किलो विदेशी सुनको बारसहित दुई जनालाई पक्राउ गरेको छ। तस्करहरुको नाम जेतमोहन बसाक (२८) र महेश चौधरी (४५) रहेको छ। दुवै जना बंगलादेशको सिमाना पार गरी १३ सुनका सिक्का लिएर कोचबिहारबाट बिहारको किशनगञ्जतर्फ प्रस्थान गरेका थिए। गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा केन्द्रीय राजस्व गुप्तचर विभागले उनलाई धुपगढी टोलगेट नजिकै पक्राउ गरेको समाचार छ। दुवैलाई शनिबार सिलगढी अदालतमा पेश गरियो। सरकारी वकिल रतन बाणिकले सुनको रड गाडीको इयर फिल्टरमा राखिएको बताए। बरामद १ किलो ५००.१४ ग्राम सुनको मूल्य करिब १ करोड १८ लाख ८१ हजार १५३ रुपियाँ रहेको छ।









