डुवर्स स्पोर्ट्स एकाडेमी बीरपाड़ा विजयी

कालचिनी: गूडविल कप २०२२ को आइतबार सम्पन्न खेलमा डुवर्स स्पोर्ट्स एकाडेमी बीरपाड़ालाई १-० को अन्तरालमा वारियर्स एफसी बागडोगराले पराजित गर्दै दोस्रो क्वार्टर फाइनल राउन्डमा जान सफल भएको जानकारी गूडविल कप २०२२ को आयोजक राजाभात स्पोर्टिङ क्लबको सचिव किरण लामाले दिएका छन्। दुई टीमबीचको रोमाञ्चक खेलमा अन्ततः वारियर्स एफसी बागडोगराका स्कोरर सुब्रत रोयले १ गोल दागेर टीमलाई विजयी बनाएको थियो भने सम्पन्न खेलको म्यान अफ द म्याच पराजित टीमका खेलाड़ी दीप उराँवलाई प्रदान गरिएको थियोl भोलि तराई स्पोर्ट्स एकाडेमी नक्सलबारी बनाम स्टुडेन्ट्स वेलफेयर कुमारग्रामबीच खेल सम्पन्न हुने राजाभात स्पोर्टिङ क्लबको सचिव किरण लामाले जनाएका छन्।

About Author

Advertisement