डुवर्स जलपाईगुडीमा कार्निवलमा आरजी कर घटनाको विरोध प्रदर्शन

photocollage_2024101519111368

जलपाईगढी: डुवर्समा एकातिर दुर्गा पूजाको अवसरमा सेन्टर कार्निभलको आयोजना गरि चारैतिर उत्सव र हर्षोल्लासको माहोल देखिएको छ भने अर्कातर्फ आरजी कर प्रकरणमा न्यायको माग गर्दै केही व्यक्तिले विरोध पनि गरेका छन्। धुपगडी नगरपालिकाले पहिचान गरेको पुजा क्लबले कार्निवल आयोजना गरेको हो। विभिन्न पुजा आयोजक समितिहरुद्धारा भव्य शोभायात्रा निकालिएको थियो भने साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो जसलाई देखेर सबै रमाइलो भएका थिए। चारैतिर हर्षोल्लास र उत्सवको वातावरण देखिन्थ्यो। अर्कातर्फ आरजी कार घटनाका पीडितलाई न्यायको माग गर्दै केही व्यक्तिले आन्दोलन पनि गरेका छन्। उत्सवको बीचमा मानिसहरूले वी वान्ट जस्टिसको नारा लगाए र आरजीके घटनाको विरोध गरे।धूपगडी नगरपालिकाका अध्यक्ष राजेशकुमार सिंहले भने, ‘राज्यका सबैले न्याय चाहन्छन् र यो माग कसैले राखेको हो भने केही गलत छैन।

About Author

Advertisement