डुनेसासको  कार्यकारिणी समितिको सभा सम्पन्न

मदारीहाट: डुवर्स नेपाली साहित्य सभाको कार्यकारिणी समितिको सभा मदारीहाट खण्डअन्तर्गत उत्तर खयेरबारी स्थित उत्तर खयेरबारी आईटीडीपी नेपाली प्राथमिक विद्यालयमा दिलीप शर्मा घिमिरेको अध्यक्षतामा सम्पन्न भयो। ज्ञात रहोस्, सन् २०१६ सालमा स्थापना भएको डुवर्स नेपाली साहित्य सभाको केही दिन अघि मात्र नयाँ कमिटी (२०२३-२५25)को गठन भएको होl सभाको उद्देश्य आउँदो तीन वर्षमा गर्ने कार्यहरुको सूची तयार पार्नु र ती कार्यहरुलाई पुरा गर्न योजनाहरु तयार पार्न चर्चा गर्नु थियो। यसबारेमा कार्यकारी अध्यक्ष उमेश प्रधानले जानकारी दिएका छन्। सभामा विभिन्न बुँदाहरुमा चर्चा गरे पश्चात् निम्नलिखित महत्वपूर्ण कार्यहरुलाई अघि बढाइ सफल पार्ने सभाले निर्णय लिएको जानकारी मूलसचिव किरण उपाध्यायले गराएका छन् जुन यसप्रकार छ-

  • साहित्य चौतारीको बीसौँ प्रकरण माक्रापाडामा गरिने निर्णय गरियो र साहित्य चौतारीको नयाँ संयोजकको रुपमा कार्यकारी अध्यक्ष उमेश प्रधाननलाई सर्वसम्मतिले चयन गरियो।
  • डुवर्सको शीर्ष साहित्य पुरुष स्व. चन्द्रवीर प्रधानको सालिक निर्माण गर्ने निर्णय गरियोl
  • डुनेसासको मुखपत्र प्रकाशन गर्ने जसको मुख्य सम्पादकको रूपमा दिलीप शर्मा घिमिरे तथा सह सम्पादकहरुमा सबिन थापा,ममता प्रधान,अभिजीत मगरलाई चयन गरियो।
  • डुनेसासको निर्माणाधीन संविधान मूलसचिव किरण उपाध्यायको अगुवाइमा ड्राफ्टिङ कमिटी उमेश प्रधान, विकाश छेत्री, देवेन विश्वकर्मा,सबिन थापा, नेत्र प्रसाद भट्टराई दिलीप शर्मा, विजय छेत्री र शिक्षक प्रभारी अनुप कुमार शर्मा (वीरपाडा नेपाली हाइ स्कुल)हरूको सहयोगितामा पुर्ण गरि प्रकाशन गरिने।
  • डुनेसासको कार्यालय मदारीहाट र बिरपाडा दुइ ठाउँमा निर्माण गरिने।
  • पहिलो स्व. इन्द्र बहादुर गुरुङ युवा साहित्य पुरस्कार (उमेर सीमा ४० वर्ष) अनि  पहिलो स्व. कृष्ण भक्त खडका साहित्य पुरस्कार आउँदो फरवरी महिनामा ६ जना जुरीहरू (जसको छनौट पहिल्यै भइसकेको र जसको नाम पछि घोषणा गरिनेछ) को निर्णयमा पुरस्कार अलङ्करण समारोहको आयोजना गरेर ससम्मान प्रदान गरिनेछl

About Author

Advertisement