डीसीबीडब्ल्यूयूद्वारा अन्तरिम रोज वृ्द्धिको विरोधमा साङ्केतिक गेटसभा

IMG-20220616-WA0116.jpg

कालचिनी। आरएसपी समर्थित डुवर्स चियाबारी वर्कर्स युनियन (डीसीबीडब्ल्युयु) द्वारा आज कालचिनी ब्लक लगायत कुमारग्राम अनि बानरहाट ब्लक समेटेर प्रायः २४-२५ वटा चियाबारीहरूमा राज्यद्वारा अन्तरिम रोज वृ्द्धि १५ प्रतिशतको घोषणा दुर्भाग्यपूर्ण रहेको बताउँदै प्रायः एक घन्टाको गेटसभा सम्पन्न भएको जानकारी डीसीबीडब्ल्युयुका सचिव पूर्णमान राईले दिएका छन्।
आज यस क्रममा कालचिनी खण्डको बीच चियाबारी, अठियाबारी, साताली, पटकापाड़ा, मथुरा, निमती झोड़ा आदि एवम् बीरपाड़ा र बानरहाट ब्लक एवम् कुमारग्राम ब्लकको चियाबारीहरूमा डीसीबीडब्ल्युयुद्वारा एक घन्टाको साङ्केतिक गेटसभा मार्फत राज्यको एकपक्षीय अन्तरिम रोज वृ्द्धिको घोषणा अगणतान्त्रिक भएको र यसले श्रमिकहरूको हितलाई क्षति पुगेको बताउँदै गेटसभा सम्पन्न गरिएको बताईएको छ। पूर्वघोषित कार्यसूची अनुरुप आज डीसीबीडब्ल्यूयूले आफ्नो यूनिट रहेको चियाबारीमा यो साङ्केतिक गेटसभा सम्पन्न गरेको बताउँदै श्रमिकहरूको हितमा यो रोज वृ्द्धिको एकतर्फिय घोषणाको निन्दा डीसीबीडब्ल्यूयूले जनाएको र आगामी दिनमा श्रमिकहरूको हितमा हुने कुनै पनि आन्दोलनमा डुवर्स चियाबारी वर्कर्स यूनियन सम्मिलित रहने डीसीबीडब्ल्यूयू नेता पूर्णमान राई र जोन फिलीप खाल्कोले जनाएका छन्।

About Author

Advertisement