काठमाडौं(नेत्रविक्रम बिमली): रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ। सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याउँदा रास्वपाले भावी सभामुखको बारेमा पनि निर्णय गरेको हो।
रास्वपा संसदीय दलको नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएसँगै, सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम पनि टुंग्याइएको छ। यस निर्णयले उपसभापति अर्याललाई सभामुख बनाउने कुरा पुष्टि भएको छ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले आरामदायी बहुमत प्राप्त गरेको थियो। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहेका छन्।











