डीके प्रधान सरको बयानलाई साधरण रूपमा लिन सकिन्दैन: अधिवक्ता बीरेन्द्र रसाईली

IMG-20230829-WA0215.jpg

दार्जीलिङ: डीके प्रधान गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको कानुनी अधिकारी भएको हुनाले उनको बयानलाई साधारण रूपमा लिन नमिल्ने अधिवक्ता वीरेन्द्र रसाइलीले बताएका छन्। हिजो शहरको एक भवनमा पाँच डेसिमल पट्टाको विषयमाथि डिबेटको आयोजना गरिएको थियो। आयोजित चर्चा कार्यक्रममा डीके प्रधानले पहाडको अधिकांश चियाबारीहरूमा अधिकांश श्रमिकहरूलाई सरदारहरूले ल्याएका थिए भन्ने जस्ता गोर्खा जातिलाई आघात पुराउने बयान दिएको अधिवक्ता रसाईलीले बताए। उनले भने, डीके प्रधान गोर्खाल्याण्ड क्षेत्रीया प्रशासनको ल अफिसर उर्फ कानून पदाधिकारी भएको हुनाले उनको बयानलाई साधरण रूपमा लिन नमिल्ने अधिवक्ता बीरेन्द्र रसाईलीले दोहोराए। आयोजित चर्चाको क्रममा मैले डीके प्रधान सरलाई यस्तो बयान जारी गर्नदेखि जोगाउन धेरै प्रयास गरे तर पनि उनी आवेशमा आएर नाना प्रकारको बयान बाजीहरू दिए। मैले हात जोडेर तीखो आवाजमा चिच्चाउँदा उनी केही हदसम्म काबूमा आए नत्र अझ आवेशमा आएर के के बोल्ने थिए जो जति घातक बयान राज्य अनि केन्द्रीय समक्ष जाने थियो अनि त्यो गोर्खा जातिले गरेको भूमि सम्बन्धी संघर्षमा एक दुर्भाग्यपूर्ण आत्मसमर्पण हुनेथियो भन्ने कुरा अधिवक्ता बिटीरेन्द्र रसाईलीले बताएका छन्।

About Author

Advertisement