८ सेप्टेम्बरः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्-आउट फूटबल प्रतियोगितामा बिहीवार दुईवटा म्याच खेलियो। लेबोंगको गोर्खा स्टेडियममा आज भएको पूल जी-को म्याचमा डिस्ट्रिक्ट मेजिस्ट्रेट इलेभेनले दार्जीलिङ फूटबल क्लबलाई १०-०-ले पिट्यो। विजेता टीमबाट तेञ्जिंग एक्लैले ५ गोल गरे। यसबाहेक दिवाकर, पाल्देन, छिरिंग शेर्पा, सुगम र इनोज थापाले १-१ गोल गरे। यसबाहेक दोस्रो म्याच (पूल एच)-मा घूम जोरबंग्लो स्पोर्टिंग क्लबले सिंगमारी लायन्स क्लबलाई ७-२-ले पिट्यो। विजेता टीमबाट सौरभ बराईली र छेवांग तामाङले २-२ गोल गरे। यसबाहेक बिराज गुरुङ, सांगे शेर्पा र रोहन राईले १-१ गोल गरे। सिंगमारी लायन्स क्लबबाट प्रणय गुरुङ र राम गुरुङले १-१ गोल गरे। अब १० सेप्टेम्बरदेखि टुर्नामेण्टको क्वार्टर फाइनल चरण शुरु हुनेछ।








