कालचिनीः कालचिनी खण्डको सुरज गोबिन्द कम्पनी लिमिटेड अधीनस्थ रहेको डिमा चियाबारीका तृणमूल चियाबारी श्रमिक यूनियन (टीसीबीएसयू) यूनिटद्वारा शनिबार बिहान प्रायः एक घन्टाको गेटसभा पश्चात कमान प्रबन्धनपक्षकहाँ प्रायः १० सुत्रीय दाबी सबित विभिन्न डेली रेटेड कर्मचारीहरूलाई सबस्टाफमा पदोन्नति गर्नु पर्ने चार्टर अफ डिमान्ड सुम्पिएको जानकारी टीसीबीएसयू डिमा यूनिट सभापति शिवराम नाईकले दिएका छन्।
कमानमा कार्यरत्त डिस्पेन्सरी सहायिका, पानी पम्प र पाइपलाइन, औ दफादार एवम् चौकीदारहरूलाई सबस्टाफमा पदोन्नति दिनुपर्ने आदि दाबीहरूलाई लिएर गेटसभा सम्पन्न भए पश्चात चार्टर अफ डिमान्ड कमानको सिनियर म्यानेजर समक्ष सुम्पिएको शिवराम नाईकले जनाएका छन्।









