गान्तोक: बेटी बचाओ बेटी पढाओ पहलअन्तर्गत पाकिम जिल्लाको पाचेखानीमा सञ्चालित पीएमश्री डिक्लिङ वरिष्ठ माध्यमिक विद्यालयका छात्राहरूका लागि शैक्षिक भ्रमण र चरा अवलोकन कार्यक्रम आयोजना गरिएको थियो। सिक्किम सरकारको महिला तथा बाल विकास विभागको पहलमा आयोजना गरिएको पहलले पर्यावरण जागरूकता र किशोरीहरूको शिक्षाको महत्त्वलाई प्रवर्द्धन गर्दै व्यावहारिक तालिम प्रदान गर्ने उद्देश्य राखेको छ। चरा अवलोकन विशेषज्ञ सुरज खुलालले चरा अवलोकन सत्रको लागि स्रोत व्यक्तिकोरूपमा सेवा पुऱ्याएका छन्। उनले विद्यार्थीहरूलाई आफ्नो प्राकृतिक बासस्थानमा विभिन्न प्रजातिका चराहरूको अवलोकन गराउँदै पर्यावरण संरक्षणमाथि सचेतना गराएका थिए।








