डा. सुब्बा भारतीय भाषा संगममा सहभागी हुने

IMG-20230815-WA0010.jpg

गान्तोक: सिक्किम विश्वविद्यालयका सह-प्राध्यापक डा. देवचन्द्र सुब्बाले भारतीय भाषा संगममा नेपाली भाषाको प्रतिनिधित्व गर्नेछन्। गुजरात सरकारको युवा, खेल तथा संस्कृति विभाग र शिक्षा संस्कृति उत्थान न्यास, नयाँ दिल्लीको भारतीय भाषा मन्चको संयुक्त तत्त्वावधानमा यस अनुष्ठानको आयोजन १८ र १९ अगस्तका दिन एकता नगर, नर्मदा गुजरातमा सम्पन्न हुनेछ।

भारतीय भाषाहरूको संरक्षण र संवृद्धिका निम्ति देशमा गरिएको यो आफ्नो प्रकारको पहिलो पहल हो। राष्ट्रिय एकता स्थापना गर्नमा सबै भारतीय भाषाले महत्त्वपूर्ण भूमिका खेल्न सकोस् भन्ने यसको उद्देश्य रहेको छ। भारतीय भाषा संगम अनुष्ठानमा भारतीय संविधानको आठौं अनुसूचीमा समाविष्ट २२ वटै भाषाका भाषाविद् र भाषा कार्यकर्ताहरूको उपस्थिति रहने छ। यी भाषाविदमा सिक्किम विश्वविद्यालयका सह-प्राध्यापक डा. देवचन्द्र सुब्बाले नेपाली भाषाको प्रतिनिधित्व गर्दैछन्।

About Author

Advertisement