डा. भीमराव अम्बेडकर राष्ट्रिय फेलोशीप पुरस्कार ग्रहण गरेर फर्केका दुईजनालाई खरसाङमा‌ भव्य स्वागत

IMG-20241214-WA0211

खरसाङ: भारतीय दलित साहित्य अकादमी दिल्लीबाट डा. भीमराव अम्बेडकर फेलोशिप पुरस्कार ग्रहण गरेर फर्केका दुईजनालाई खरसाङमा‌ भव्य स्वागत गरिएको छ। दिल्लीमा डा. भीमराव अम्बेडकर राष्ट्रिय फेलोशीप पुरस्कार ग्रहण गरेर फर्केका श्री दमाई समाज खरसाङको‌ सभापति प्रकाश सेवा र सार्की समाज खरसाङको‌ सचिव रवि तोलङ्गीलाई खरसाङमा भव्य स्वागत गरिएको छ। उक्त स्वागत श्री दमाई समाज खरसाङको‌ सचिव दिपेन सेवा र कार्यकारी सदस्यहरु लगायत सार्की समाज खरसाङको पदाधिकारीहरू र सदस्यहरुले खरसाङमा दुवैलाई भव्य स्वागत गरिएको छ।‌ दुवैलाई खरसाङमा‌ खदार्पणसहित स्वागत गरिएको छ।‌ यस अवसरमा दुवैले दिल्लीमा राष्ट्रीय पुरस्कार ग्रहण गरेको अनुभवहरु साझा गरेका थिए भने सहयोग गर्नेहरू सबैप्रति आभार प्रकट गरेका छन्। यस क्रममा दलित साहित्य अकादमी नयाँ दिल्लीबाट डा. भीमराव अम्बेडकर राष्ट्रिय फेलोशीप पुरस्कार ग्रहण गरेर फर्केका सार्की समाज खरसाङको सचिव रवि तोलङ्गीले आफु भारतीय दलित साहित्य अकादमी नयाँ दिल्लीबाट डा. भीमराव अम्बेडकर राष्ट्रिय फेलोशीप पुरस्कार ग्रहण गर्न पाएकोमा गर्व लागेको बताएका छन्। उनले यस पुरस्कार कार्यक्रम आफुले सोचेको भन्दा पनि धेरै राम्रो रहेको र यसमा राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय स्तरमा विभिन्न देशहरुबाट पनि प्रतिनिधिहरु आएको बताएका छन्‌। यही क्रममा डा. भीमराव अम्बेडकर राष्ट्रिय फेलोशीप पुरस्कार ग्रहण गरेर फर्केका श्री दमाई समाज खरसाङको‌ सभापति प्रकाश सेवाले पुरस्कार ग्रहण गरेर खुशी लागेको बताउँदै यस पुरस्कारको लागि भारतीय नेपाली अनुसूचित जाति संघ दार्जिलिङ केन्द्रीय समितिकलाई सहयोगको लागि धन्यवाद दिएका छन्। उनले अनुसूचित जातिको भावी पिँढीले‌ यसरी नै राम्रोसितले सक्रिय र समर्पित भएर कार्य गरे यसरी नै सम्मानित र पुरस्कृत हुने बताएका छन्‌‌।‌

About Author

Advertisement