डिफु: कार्बी आङलङ स्वायत्त स्वायत्त शासित परिषदका मुख्य कार्यबाही सदस्य डा. तुलीराम रङहाङको नेतृत्वमा गठन भएको स्वायत्त परिषदले कृष्ण भट्टराईलाई गोर्खा मनोनित सदस्यको रूपमा नियुक्त गरेको छ। शुक्रबार कार्बी आङलङ शायत्त शासित परिषदको नयाँ सचिवालयको प्रेक्षागृहमा कार्बी आङलङ स्वायत्त शासित परिषदका मुख्य कार्यवाही सदस्य तुलीराम रङहाङ र निर्वाचित भएका सदस्य तथा बिभिन्न संस्था संगठनको उपस्थितिमा अनुष्ठित भएको शपथग्रहण अनुष्ठानमा गोर्खा मनोनित सदस्य कृष्ण भट्टराईले आफ्नो मातृभाषा नेपालीमा शपथ ग्रहण गरेl साथै उनले भने, ‘आउँदो दिनमा कार्बी आङलङ स्वायत्त शासित परिषदका मुख्य कार्यबाही सदस्य तुलीराम रङहाङ र उनका कार्यबाही सदस्यहरूसंग सर सल्लाह गरेर हाम्रो गोर्खा जातिमा आएका समस्याहरू समाधान गर्ने बारेमा जानकारी दिएका छन्l’









