डा. ज्योति प्रकाशको निधनमा गोर्खा सांस्कृतिक संस्थानद्वारा शोक सभा

IMG-20250507-WA0242

खरसाङ: गोर्खा सांस्कृतिक संस्थान, खरसाङले दिवङ्गत डा. ज्योति प्रकाश तामाङ, कार्यकारी उप कुलपति, सिक्किम विश्वविद्यालय, गान्तोकको गत दिनाङ्क २९ अप्रेल २०२५ को दिन असामयिक निधन भएकोमा संस्थानकी अध्यक्ष आशा मुखिया लामाको अध्यक्षतामा शोक सभा आयोजन गरेको छ। शोक सभालाई संस्थानकी मूल-सचिव प्रणिता मुखियाले संचालन गरेकी थिइन्। सभामा सर्वप्रथम आशा मुखिया लामाले दिवङ्गत डा. ज्योति प्रकाश तामङसित गोर्खा सांस्कृतिक संस्थानको सम्बन्ध धेरै पुरानो अनि लामो भएको बताउँदै सर्वप्रथम जब डा. तामाङले किञ्वित खाद्य (फरमेन्टेड फुड) माथि जापानबाट विद्यावारिधिले सुशोभित भएर आएको समयदेखि वहाँसित संस्थानको सम्बन्ध कायम भएर गएको हो। डा. जेपी. तामाङ र उनको अभूतपूर्व कार्यलाई विश्वभरिका गोर्खा नेपाली समाजले चिन्नु पर्ने आग्रह राख्दै धेरै संगोष्ठी र वार्ताहरूको आयोजना गरेका प्रसङ्गहरू सभामा राखिन्।
सभामा उपाध्यक्ष बिजया ब्लोनले डा. जेपी तामाङले संस्थानलाई धेरै माया गर्थे अनि जब जब गोसांसले उनलाई बोलाउँथ्यो तब तब डा. जे. पी. तामाङले कार्यक्रमहरूमा आफ्नो बहुमुल्य उपस्थिति दिनुहुन्थ्यो भन्दै अतितका सम्झनाहरू साझा गर्दै दिवङ्गतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरिएको छ। सभामा प्रणिता मुखिया, मूल सचिव, दिवङ्गतमा आफ्नो भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवामा समवेदना प्रकट गरिन्। सभामा उषाकिरण तामाङ, वरिष्ठ सदस्यले डा. ज्योति प्रकाश तामाङसित संस्थानका कार्यक्रमहरूमा बिताएका क्षणहरूको सम्झना गर्दै हार्दिक श्रद्धासुमन अर्पण गर्दै परिवारलाई समवेदना सन्देश व्यक्त गरिन्। सभामा क्रमैले मिना मोक्तान, कोषाध्यक्षले स्व. ज्योति प्रकाश तामाङ हाम्रो जातिका उज्जवल नक्षत्र हुन्, उनको निधनले हाम्रो जातिलाई नै ठूलो क्षति भएको छ भन्दै श्रद्धाञ्जली अर्पण गरिन्। सभामा प्रमिला प्रधान, सह-सचिव वरिष्ठ सदस्या, वसुन्धरा शर्माले डा. तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिन्। सभामा कल्पना छेत्रीले डा. तामाङको आत्मा चिर शान्तीको प्रार्थना गर्दै श्रद्धाञ्जली अर्पण गरिन्। सभामा फुर्बा घिसिङ, वरिष्ठ सदस्यले आफ्नो भावभिनी श्रद्धाञ्जली अर्पण गरे भने आजीवन सदस्या नीतू छेत्री, शोभा प्रधान, स्वस्तिका छेत्री, पासङ लक्की दिवङ्गतप्रति आफ्नो श्रद्धासुमन अर्पण गर्दै उनको वैकुण्ठबासको प्रार्थना अर्पण गरेका थिए। डा. एकलव्य शर्मा, संस्थानका आजीवन सहस्यले डा. तामाङ आफ्नो असल मित्र अनि उच्चस्तरीय खाद्य वैज्ञानिक रहेको बताउँदै वहाँको कार्यले नै उनलाई सदैव अमर राख्नेछन् भनी बताएका छन्। सम्पूर्ण सदस्यगणबाट डा. ज्योति प्रकाश तामाङलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेपश्चात सभाध्यक्ष आशा मुखिया लामाले सबैलाई धन्यवाद ज्ञापन गर्दै शोकसभा समापनको घोषणा गरिन्।

About Author

Advertisement