खरसाङ: नव निर्मित डा. अम्बेडकर ग्राम सुधार समिति मन्दिर पाखा, खरसाङकोे आयोजनामा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। विगत १५ जून २०२५ कोे दिन २८ नम्बर समष्टिको सभासद श्याम शेर्पाको विशेष उपस्थितिमा सम्बर्द्धना कार्यक्रम सकेको एक हप्ताभित्रै यस समितिकोे सदस्य लगायत वरिपरि भेगका जनसाधारणलाई सेवा पुर्याउने उद्देश्यले समिति सदस्य कबीर सार्कीकोे विशेष संयोजनमा खरसाङकोे नयाँ बजारस्थित ग्रेटर लायन्स क्लब शाखाकोे सहयोगमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरियो। यस निःशुल्क आँखा जाँच शिविरमा अम्बेडकर गाउँ ग्राम सुधार समितिका सदस्यहरुसँगै छिमेकी गाउँ नयाँ बस्ती अनि शेर्पा बस्तीका गाउँलेहरूले पनि लाभ उठाएका थिए। आजको यस निःशुल्क आँखा जाँच शिविरमा ७१ जना ले आँखा जाँचसँगै सुगर अनि रक्त चाप पनि जाँच गराएका थिए भनी सचिव सञ्चय रावलले जानकारी गराएका छन्।










