कोलकाता: विद्यालयहरू फेरि खुल्ने र नयाँ शैक्षिक सत्र शुरु भएपछि डाबरको प्रख्यात हेल्थ फूड ड्रिंक, डाबर भिटाले आज स्कूली बालबालिकाहरूलाई बलियो रोग प्रतिरोधात्मक क्षमताको बारेमा सचेत गराउन एउटा पहल शुरु गरेको छ। जसअन्तर्गत एक विशाल सचेतना अभियान आयोजना गरेको छ। यो अभियान कोलकाताबाट शुरु भएको हो। यस विशेष सत्रमा “शिशिरदास खेलकुद संघ” का २०० भन्दा बढी बालबालिकालाई रोग प्रतिरोधात्मक क्षमता बारे जानकारी दिइयो। बालबालिकालाई सरसफाइ र स्वस्थ आहारको माध्यमबाट कसरी आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ भनी बताइयो। सो अवसरमा बालबालिकालाई डाबर भिटा र डाबर च्यवनप्रास रहेको विशेष इम्युनिटी किट पनि प्रदान गरियो।
यस अवसरमा डाबर इन्डिया लिमिटेडका हेल्थ सप्लिमेन्ट्स मार्केटिङ हेड प्रशान्त अग्रवालले भने, “विद्यालयहरूमा शारीरिक कक्षाहरू पुन: सुचारु भएसँगै, यो महामारी अझै पनि पूर्ण जोशमा रहेकोले हरेक बालबालिकाको प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन धेरै जरुरी छ। कारण महामारी अझ पनि सकिएको छैन। महामारीको समयमा, यो स्पष्ट भएको छ कि यो भाइरसबाट सुरक्षित रहनको लागि प्रतिरोधात्मक क्षमता बलियो बनाउन धेरै जरुरी छ। यो कुरालाई ध्यानमा राख्दै डाबर भिटाले भारतका पाँच शहरहरू कोलकाता, पुणे, मुम्बई, चंडीगढ र लखनउका प्रख्यात एनजीओ/स्कूलहरूसिट रोगविरुद्ध लड्न बलियो प्रतिरक्षा प्रणालीको महत्त्वबारे बालबालिकाहरूमा चेतना जगाउन हात मिलाएको छ।”

डा. अबिर रायले भने, “हाम्रो दैनिक जीवनमा प्रायः ब्याक्टेरिया र भाइरसको सम्पर्कमा आउने गर्छौं। हाम्रो प्रतिरक्षा प्रणालीले हामीलाई यी कीटाणुहरूबाट सुरक्षित राखेर रोगहरूबाट बचाउँछ। यसरी, कुनै पनि ब्याक्टेरिया वा भाइरसविरुद्ध लड्न प्रतिरोधात्मक क्षमता बलियो बनाउनु धेरै महत्त्वपूर्ण छ। यस पहल मार्फत हामी बालबालिकालाई रोग प्रतिरोधी क्षमता बलियो बनाउनुका फाइदाहरू बताउन चाहन्छौं, यसका लागि हामीले उनीहरूलाई इम्युनिटी किटहरू पनि दिइरहेका छौं।” “निल्सनले गरेको भर्खरैको अध्ययनअनुसार ८८ प्रतिशत महिलाहरूले आफ्ना बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउन राम्रो स्वास्थ्य पेय पदार्थ धेरै प्रभावकारी हुने विश्वास गर्छन्। उपभोक्ताको यही आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले बजारमा उपलब्ध अन्य हेल्थ ड्रिङ्कको तुलनामा राम्रो रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्ने डाबर भिटा ल्याएको हो। यो अश्वगन्धा, गिलोय र ब्राह्मी जस्ता ३० भन्दा बढी जडीबुटीबाट बनाइन्छ। यी जडीबुटीले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता मात्रै बढाउँदैन, उनीहरुको शारीरिक र मानसिक विकास पनि सुनिश्चित गरेको प्रमाणित भइसकेको छ। डाबर भिटाले स्वादिष्ट चकलेटी पेयमा आयुर्वेदका प्रशस्त फाइदाहरू प्रदान गर्दछ, जुन हड्डी र मांसपेशीको विकासको लागि प्रभावकारी हुन्छ। यसले ६-१५ वर्षका बालबालिकामा सिक्ने क्षमता र एकाग्रता पनि बढाउँछ,’ अग्रवालले भने।









