कोलकाता: भावी पुस्ताको स्वास्थ्य सुरक्षाप्रति आफ्नो प्रतिबद्धता जनाउँदै, डाबर च्यवनप्राशले देशभरका बालबालिकाहरूको स्वास्थ्य संरक्षणका लागि एक व्यापक जनचेतना अभियान शुरु गर्ने घोषणा गरेको छ। यस अभियानअन्तर्गत, डाबर च्यवनप्राशले एक प्रसिद्ध चिकित्सकसँग सहकार्य गर्दै बालबालिकाहरूलाई बदलिंदो मौसम, साधारण ब्याक्टेरिया र भाइरसका कारण उत्पन्न हुने रोगहरूसँग लड्न बलियो रोग प्रतिरोधात्मक प्रणाली आवश्यक पर्ने बारे शिक्षित गराउने उद्देश्यले देशभर ‘इम्युनिटी अवेयरनेस सेसन’ आयोजना गर्नेछ। यस अभियानअन्तर्गत कोलकाताको इच्छापुरस्थित इस्ट प्वाइन्ट स्कूलका २५० भन्दा बढी बालबालिकाहरूलाई लक्षित गर्दै विशेष सत्र आयोजना गरिएको थियो। सो सत्रको मुख्य उद्देश्य बालबालिकाहरूलाई जाडो याममा उत्पन्न हुने रोगहरूसँग लड्ने सचेतना प्रदान गर्नु थियो। साथै, स्वच्छता र पौष्टिक आहारद्वारा रोग प्रतिरोधात्मक क्षमता बढाउने उपायहरूको जानकारी पनि दिइयो।

यस अवसरमा बोल्दै, डाबर इण्डिया लिमिटेडका म्यानेजर–कर्पोरेट कम्युनिकेसन्स दिनेश कुमारले भने, “डाबर च्यवनप्राश १०० वर्षभन्दा बढी समयदेखि प्रत्येक भारतीयलाई बलियो रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्न प्रतिबद्ध रहेको छ। यो अभियान सोही प्रतिबद्धताको एउटा महत्त्वपूर्ण कदम हो। हरेक वर्ष कठ्याङ्ग्रिने चिसोका कारण धेरैको ज्यान जाने गरेकोमा हामी चिन्तित छौं। यस अभियानमार्फत, हामी वंचित बालबालिकाहरूलाई सुरक्षा प्रदान गर्न, तिनलाई च्यवनप्राश उपलब्ध गराउन तथा रोग प्रतिरोधात्मक क्षमताको महत्त्वबारे जानकारी दिन प्रयास गर्नेछौं।”

डा विनोद कुमार उपाध्यायका अनुसार, “मौसमी परिवर्तनका कारण तापक्रममा अचानक गिरावट आउँछ, जसले गर्दा खोकी, रुघाखोकी तथा फ्लुजस्ता रोगहरू देखा पर्छन्। यस्ता समस्याहरूबाट जोगिनका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउनु एक प्रभावकारी उपाय हो। बदलिंदो मौसम चक्रको प्रभावलाई न्यूनीकरण गर्न डाबर च्यवनप्राश एक उत्तम समाधान हो।” यो अभियानअन्तर्गत, डाबर च्यवनप्राशले भारतका २२ प्रमुख शहरहरू— आगरा, वाराणसी, गोरखपुर, लखनऊ, उदयपुर, जयपुर, भुवनेश्वर, कोलकाता, सिलगढी, पटना, गया, इन्दौर, रायपुर, पुणे, औरंगाबाद, राँची, बेंगलुरु, मुम्बई, नासिक, नागपुर, ग्वालियर र चण्डीगढका विभिन्न गैरसरकारी संस्थाहरू तथा विद्यालयहरूसँग सहकार्य गरेको छ।









