‘डाक्टर्स डे’ को अवसरमा राजधानीका बाल गृहहरूको भ्रमण

n6201530671719854639833c7e9bd874667385773859c78e1cf0fbd9ebdcb576cf171423b93569e35d66d6a

गान्तोक: नेशनल डाक्टर्स डे- को अवसरमा आज स्वास्थ्य एवं परिवार कल्याण विभागका डाक्टरहरूले गान्तोकका विभिन्न बाल गृहरूको भ्रमण गरेका छन्। यस वर्ष नेशनल डाक्टर्स डे- को थीम ‘हीलिङ ह्यान्ड्स, केयरिङ हार्ट्स’ रहेको छ।

विभागद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, डाक्टरहरूले बोझोघारी चिल्ड्रेन्स होम, तादोङको बालिका निकेतन, तादोङको स्पेशियल स्कूल फर् चिल्ड्रेन विद डिस्एबिलिटीस र स्यारीको स्पेशियल स्कूल फर् स्पीच एण्ड हेयरिङ इम्पेयरमेन्ट भ्रमण गरे। यस अवधि डाक्टरहरूले नानीहरूसॅंग अन्तरक्रिया गरे र उनीहरूलाई आफ्नो सपना पूरा गर्न प्रेरित गरे।

संस्थानका प्रभारीहरूलाई स्कूल स्वास्थ्य कार्यक्रम, साप्ताहिक आइरन फोलिक एसिड सप्लिमेन्टेशन र डिवर्मिङ प्रोग्रामको बारेमा जानकारी गराइयो। विभागको तर्फबाट कुनै पनि प्रकारको सहायता प्रदान गर्ने पनि आश्वासन दिइएको छ।

यस क्रममा केही आवश्यक वस्तुहरू जस्तै बेडसीट, खेलौनाहरू, मिठाई आदि वितरणको निम्ति प्रभारीलाई प्रदान गरियो।

About Author

Advertisement