डब्ल्यूएफआई-द्वारा एशियाई कुश्ती च्याम्पियनशीपको निम्ति टीमको घोषणा

IMG-20250316-WA0280

नयाँ दिल्ली: भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई) – ले निलम्बन हटेपछि दिल्लीको आईजी खेल परिसरमा सीनियर एशियाई कुश्ती च्याम्पियनशीपको निम्ति चयन ट्रायलपछि भारतीय टीम घोषित गऱ्यो। जोर्डनको अम्मानमा २५ देखि ३० मार्चसम्म हुने यस टुर्नामेण्टको निम्ति चयन गरिएको टीममा वर्ल्ड च्याम्पियनशीपमा पदक विजेता दीपक पूनिया र अन्तिम पंघाललाई पनि सामेल गरिएको छ। चयन ट्रायलको अवधि पुरुष फ्रीस्टाइल र ग्रीको-रोमनको साथ-साथ महिला वर्गमा पनि १०-१० जना पहलवान चयन गरियो।
भारतीय टीम यसप्रकार छः
पुरुष फ्रीस्टाईलः चिराग (५७ किग्रा), उदित (६१ किग्रा), सुजीत (६५ किग्रा), विशाल कालीरमन (७० किग्रा), जयदीप (७४ किग्रा), चन्द्रमोहन (७९ किग्रा), मुकुल दहिया (८६ किग्रा), दीपक पूनिया (९२ किग्रा), जण्टी कुमार (९७ किग्रा) र दिनेश (१२५
किग्रा)।
पुरुष ग्रीको-रोमनः नितिन (५५ किग्रा), सुमित (६० किग्रा), उमेश (६३ किग्रा), नीरज (६७ किग्रा), कुलदीप मलिक (७२ किग्रा), सागर (७७ किग्रा), राहुल (८२ किग्रा), सुनिल कुमार (८७ किग्रा), नितेश (९७ किग्रा) र प्रेम (१३० किग्रा)।
महिला कुश्तीः अंकुश (५० किग्रा), अन्तिम (५३ किग्रा), नीशू (५५ किग्रा), नेहा शर्मा (५७ किग्रा), मुस्कान (५९ किग्रा), मनीषा (६२ किग्रा), मोनिका (६५ किग्रा), मानसी लाठर (६८ किग्रा), ज्योति बेरवाल (७२ किग्रा) र रीतिका (७६ किग्रा)।

About Author

Advertisement