डब्ल्युबीसीएस परीक्षा उत्तीर्ण सौरभ सुब्बालाई भागोप्रमो तीनधारे महानदी समष्टिद्वारा सम्मान

IMG-20260203-WA0201

खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत सिलिम हिलको जोर चिलाउने निवासी पिता अशोक सुब्बा र माता सुमित्र प्रधान सुब्बाको २६ वर्षीय सुपुत्र सौरभ सुब्बाले डब्ल्युबीसीएस परीक्षा ए‌ ग्रेडमा उत्तीर्ण गरेकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि कमिटीको तर्फबाट घरमै पुगेर बधाई दिइएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापाको अगुवाईमा सौरभ सुब्बाकै घरमै पुगेर उनलाई र माता पितालाई शुभकामना व्यक्त गरेका छन्। समष्टि कमिटीको तर्फबाट सौरभ सुब्बालाई खदार्पणसहित फूल गुच्छा र टोपी पहिराएर‌ बधाई तथा शुभकामना व्यक्त गरेका छन्। यस टोलीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, उप सभापति जीवन थापा, सांगठनिक सचिव राजीव थापा, खरसाङ महकुमा समितिको सदस्य सञ्जीव लामा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, ट्रेड युनियन गिताङ्गे शाखाको सचिव प्रेम विश्वकर्म लगायत अन्यहरु उपस्थित रहेका थिए। सौरभ सुब्बाले डब्ल्युबीसीएस परीक्षा ए‌ ग्रेडमा उत्तीर्ण गरेर परिवार, गाउँ समाज र तीनधारे महानदी समष्टि क्षेत्रलाई नै गौरवान्वित बनाएकोमा समष्टि कमिटीको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ। उनलाई आगामी दिनमा महानदीमा साहित्यकार असीत राईको सालिग स्थापनाको समयमा जीटीए प्रमुखको बाहुलीबाट सम्मान जनाइने पनि भएको जानकारी गराइएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सचिव एवं पञ्चायत सदस्य राजीव तामाङले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement