डडेल्धुरा बस दुर्घटना: मृतकको संख्या पाँच पुग्यो

IMG-20241016-WA0249

कैलाली (धनगढ़ी): घटनास्थलमा बुधबार बिहान ११ बजे थप एक ६० वर्षीया गोवणी महराको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो। कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राती साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका-७ खस्रेखानमा दुर्घटना हुंदा बैतडी पुर्चौंडी नगरपालिका-३ का ४५ वर्षीया जयमति बोहरा, २० वर्षीया कमला बोहरा, उनका नाबालक छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।

About Author

Advertisement