जलपाईगुडी: जलपाईगुडी जिल्लाको राजगञ्ज थाना पुलिसले फेरि ठूलो परिमाणमा रक्सी बरामद गरेको छ। गोप्य सुचनाको आधारमा राजगञ्ज प्रहरी चौकीको पीसी पार्टीले फटापुकुर बस स्टेसनबाट ५४ बोतल अवैध मदिरासहित एक जनालाई पक्राउ गरेको छ। रक्सी असमबाट बिहार लैजाँदै गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेको नाम टुन्ना महतो (२७) हो। उनी बिहारका बासिन्दा हुन्। उनलाई मंगलबार जलपाईगुडी जिल्ला अदालतमा पेश गरिएको थियो।










