ठूलो डकैतीको घटना असफल

पाँच संदिग्ध डाँकालाई पक्राउ गर्‍यो

सिलगढी: सिलगढी पुलिस आयुक्तालयको प्रधाननगर थानाको पुलिसलाई ठूलो सफलता हात लागेको छ। सिलगढीमा पुलिसले लुटपाटको प्रयासलाई असफल पार्दै पाँच संदिग्ध डाँकालाई पक्राउ गरेको छ। गोप्य स्रोतबाट पुलिसले दगापुरस्थित सुनसान घरमा केही मानिस भेला भएको थाहा पाएको थियो। पुलिसले अत्याधिक सतर्कताका साथ त्यहाँ पुगेर घरमा अचानक छापा मारेर पाँच जनालाई पक्राउ गरेको थियो। उनीहरुको साथबाट पेस्तोल भुजाली र अन्य हतियार बरामद भएको छ। उनीहरुले ठूलो डकैती गर्न लागेको स्रोतले जनाएको छ। तर पुलिसले उनीहरुलाई पक्राउ गरेर उनीहरुको योजनालाई असफल बनायो।

About Author

Advertisement