ठाकुर पञ्चानन बर्माको १५७औँ जन्मजयन्ती पालन

photocollage_202321415742519.jpg

सिलगढी: आज ठाकुर पञ्चानन बर्माको १५७औँ जन्मजयन्ती सिलगढी नगरनिगम तथा एसजेडीएको तर्फबाट पालन गरियो। मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषद, नगर अधिकारी लगायत अन्यले घाट मोडमा ठाकुर पञ्चानन बर्माको सालिगमा माल्यार्पण तथा फुल चढाएर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा मेयर गौतम देवले भने, ठाकुर पञ्चाननको विभिन्न पक्षबारे प्रकाश पारे। ठाकुर पञ्चानन बर्मा कुचबिहारका एकजना राजवंशी नेता, राजनीतिविद्, वकील एवम् समाजसेवक थिए। ठाकुर पञ्चानन, पञ्चानन सरकार तथा राय साहेब नामले तिनी परिचित छन्। तिनले राजवंशी समुदायका मानिसहरूमा ब्राह्मणवादी मूल्य र रीतिरिवाजहरू पुनर्जीवित गर्न क्षत्रिय सभाको स्थापना गरेका थिए।

About Author

Advertisement