सिलगढ़ीः आइतवार बिहानै ट्र्याक्टर र स्कूटीबीच भिड़न्त हुँदाट स्कूटी चालकको मृत्यु भयो। मृतकको पिहाचन नक्सबाड़ीको दक्षिण रथखोला क्षेत्र निवासी सहदेव सरकार (२७) को रूपमा गरिएको छ। शवलाई खोरीबाड़ी थाना पुलिसले पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाएको छ। घटना नेशनल हाईवे-३२७ म बतासी र शिमुलतला क्षेत्रमा भएको ह।
प्राप्त जानकारी अनुसरा, एउटा ट्र्याक्टर राष्ट्रिय राजमार्गमा पानीटङ्कीदेखि बतासी गइऱहेको थियो। जबकि स्कूटी विपरीत दिशाबाट आइरहेको थियो। तब शिमुलतला क्षेत्रमा दुवैबीच भिड़न्त भयो। जसमा स्कूटी चालक गम्भीर रूपमा घाइते भयो। स्थानीय मानिसहरूले स्कूटी चालकलाई गम्भीर अवस्थामा बतासी प्राथमिक स्वास्थ्य केन्द्र पुऱ्याए, जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरे। सूचना पाएर खोरीबाड़ी पुलिस घटनास्थलमा पुग्यो। पुलिस अघिको कारबाहीमा जुटेको छ।











