टेस्ट क्रिकेट प्रति माया अहिले पनि रहेको रहाणेको दावी

IMG-20250212-WA0142

नयाँ दिल्ली: भारतीय टीमबाट बाहिर रहने ब्याटर अजिंक्य रहाणेले टेस्ट क्रिकेट प्रति आफ्नो मायालाई दोहोऱ्याउँदै उनमा राष्ट्रिय टीममा फर्किने भोक कायम रहेको बताए। भारतको निम्ति अन्तिमपल्ट जुलाई २०२३-मा वेष्ट इण्डिज यात्राको अवधि टेस्ट म्याच खेल्ने ३६ वर्षीय रहाणेलाई घरेलु सत्रमा असाधारण फर्ममा देखिएको छ अनि उनले हरेक प्रारूपमा असल प्रदर्शन गरेका छन्। हरियाणाविरुद्ध जीतको साथ रणजी ट्रफीको सेमिफाइनलमा स्थान बनाएपछि रहाणेले भने, अहिले म असल ब्याटिंग गरिरहेको छु। मुश्ताक अली पनि राम्रो रह्यो। म आफ्नो ब्याटिंगसँग खुशी छु। हरियाणाविरुद्ध क्वार्टर फाइनल म्याचको दोस्रो ईनिंग्समा रहाणेले १०८ रन बनाएर मुम्बईलाई १५२ रनले जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। आईपीएलको लिलामीमा कलकत्ता नाइट राइडर्समा सामेल हुने रहाणेले गत १० वटा ईनिंग्समा ३ पल्ट ९० भन्दा अधिक र एकपल्ट ८० भन्दा अधिक रन अनि यसपाली क्वार्टर फाइनलमा शतक बनाए। रहाणेले भने, घरेलु क्रिकेटले मलाई सबैथोक दिएको छ। यसैकारण मभित्र अहिले पनि त्यो जोश छ। खेलको निम्ति मेरो माया अहिले पनि पहिला जस्तै छ। म टेस्ट क्रिकेटलाई सम्मान गर्छु। भविष्यबारे मलाई केही थाहा छैन तर मभित्र अहिले पनि क्रिकेट बाँचेको छ। म अहिले पनि पूरा मन लगाएर खेलिरहेको छु अनि त्यो तपाईंहरूले देखिरहनु भएको छ।
भारतले अब जूनमा ईंग्ल्याण्डविरुद्ध टेस्ट सीरीज खेल्नेछ, जुन भारतको निम्ति नयाँँ डब्ल्यूटीसी चक्रको शुरुवात पनि हुनेछ। के उनी भारतीय टीममा फर्किनेबारे सोचिरहेका छन् भन्ने प्रश्नको जवाफमा रहाणेले भने, यसबारे म अहिले नै केही भन्न सक्दिनँ। आउँदो सीरीज जून महिनामा छ। अहिले धेरै समय छ। अहिले मेरो पूरा ध्यान रणजी ट्रफी सेमिफाइनलमा रहेको छ। हामी घर फर्किएर केही दिन आराम गर्नेछौं। त्यसपछि सेमिफाइनलको तयारी शुरु गर्नेछौं। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले सीनियर खेलाड़ीहरूलाई घरेलु क्रिकेटमा हिस्सा लिने निर्देश दिएको छ अनि रहाणेले यस कदमको स्वागत गरेका छन्। रहाणेले भने, उपलब्ध खेलाड़ीहरूले घरेलु क्रिकेट खेल्नु पर्नेछ भन्ने बीसीसीआई-ले गत २-३ सालदेखि बताउँदै आइरहेको छ। यो एउटा सकारात्मक कदम हो। अनुभवी खेलाड़ीहरूले घरेलु क्रिकेट खेल्दा युवा खेलाड़ीहरूले पनि सिक्ने मौका पाउँछन्। म बीसीसीआई-को फसेलालाई स्वागत गर्छु। यस कदमले भारतीय क्रिकेटलाई अघि बढ़ाउनमा सहायता गर्नेछ।

About Author

Advertisement