टेनिस जारी राख्न ढाड़को सर्जरी गराए एण्डी मर्रेले

IMG-20240622-WA0042.jpg

लण्डन: पूर्व नम्बर एक टेनिस खेलाड़ी ब्रिटेनका एण्डी मरेले सालको तेस्रो ग्राण्ड स्ल्याम विम्बल्डन या पेरिस ओलम्पिकमा खेल्नेबारे फसेला गर्न अघि ढाड़को चोटबाट मुक्ति पाउने शनिवार सर्जरी गराए। विम्बल्डनमा दुईपल्टका च्याम्पियन ३७ वर्षीय मर्रेले ढाड़को यन्त्रणाले गर्दा बुधवार कीन्स क्लबमा आफ्नो दोस्रो राउण्डको म्याच बीचमै छोड़ेका थिए। मर्रेले खेल छोड़्ने फसेला गर्दा जोर्डन थम्पसन म्याचमा ४-१-ले अघि रहेका थिए। मर्रेले लामो समयदेखि लगातार अलग-अलग चोटको सामना गर्दै आएका छन्। यसैकारण उनले यस सालको अन्तमा खेलबाट सन्न्यास लिने संकेत दिएका छन्। मरेको टीम प्रबन्धनले शनिवार उनको सर्जरीको प्रक्रिया पूरा हुने पुष्टि गरेको छ। चोटको गम्भीरताबारे चाहिँ अधिक जानकारी दिइएको छैन। अल ईंग्ल्याण्ड क्लबको आयोजनमा हुने विम्बल्डनमा पहिलो राउण्डको खेल एक जुलाईदेखि शुरु हुनेछ। टुर्नामेण्टको आयोजन ग्रास कोर्टमा हुनेछ। मर्रेले भनेका छन्, ढाड़को सर्जरीपछि चाँड़ै खेलमा फर्किने प्रयास गर्नेछु। यस चोटको साथ खेल जारी राख्न सम्भव थिएन।

About Author

Advertisement