टुङने गाउँलेहरुले समाए हाम्रो पार्टीको झण्डा

Screenshot_20230515_223535_WhatsApp.jpg

गोर्खा जातिको इमान्दार नेता भनेको नै अजय एडवाडर्स हो: गिरी

दार्जीलिङ: अजय एडवाडर्सको विशाल हद्रय देखेर टुङने गाउँको ४२ घरले समाए हाम्रो पार्टीको झण्डा।चुङथुङ मेरीबुङ समष्टि अन्तर्गत टुङने गाउँमा आज हाम्रो पार्टीको सांगठनिक सभा सम्पन्न भयो। आयोजित सभामा पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्स स्वयम उपस्थित रहेका थिए।त्यसरी नै हाम्रो पार्टी दार्जीलिङ महकुमा समिति अध्यक्ष पूरण तामाङ,सभासद प्रतीम सुब्बा,रेश्मा गुरूङ,सुकिया समष्टि अध्यक्ष दीपेन राई आदि उपस्थित रहेका थिए। आज सांगठनिक सभामा समष्टि अध्यक्ष सत्येन घले (घले साहब), महासचिव विशाल दर्नाल, सहसचिव विनोद राई, युवा शक्तिको प्रमुख सल्लाकार राम गुरूङ आदि उपस्थित रहेका थिए। चुङथुङ मेरीबुङ समष्टिको सवै अन्तिम गाउँ भनेको नै टुङने गाउँ र कार्की गाउँ हो यहाँ ४२ घर जति परिवारहरू बसोबासो गर्ने गर्छन। दार्जीलिङ पहाडमा धेरै राजनैतिक दल र नेतृत्वहरूको जन्म भयो तर आजसम्म चुङथुङ मेरीबुङ समष्टिको यो टुङने गाउँ र कार्की गाउँमा कसैको नजर पूग्न सकेको थिएन। यहाँको बासिन्दाहरू थुप्रै समस्याहरू वीच जिउदै आई रहेका छन। गत केही महिना अधि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले यस क्षेत्रको भ्रमण गरेका थिए अनि स्थानीय गाउँलेहरूको अनुरोधमा गाउँमा बाटोको खनन कार्य गरी दिएका छन। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको यस्तो उदार ह्रदय देखेर टुङने गाउँ र कार्की गाउँको ४२ परिवारहरूले नै हाम्रो पार्टीको झण्डा समाए। समर्थकहरूलाई पार्टी अध्यक्ष अजय एडवाडर्सले पार्टीमा न्यानो स्वागत जनाउदै पार्टीको झण्डा सुम्पिए। आयोजित सभालाई सम्बोधन गर्ने क्रममा पार्टीको समष्टि प्रबक्ता भाष्कर गिरीले टुङने गाउमा आजसम्म कुनै पार्टीको नेताहरू आएको थिएन तर हाम्रो पार्टीको अध्यक्ष अजय एडवाडर्स यहा आई दिनु भयो। यहाँ ४२ घर मात्र छ,हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स यहाँ कति घर छ यस्तो केही नसोधी उनी यहा आई दिनु भयो अनि जेसीपी दिएर बाटोको खनन कार्य गरी दिनु भयो, नेता भएपछि यस्तो हुन पर्छ,हामीलाई यस्तै नेताको खाँचो छ तिनले भने। गोर्खा जातिको सवै भन्दा इमान्दार नेता भनेको नै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स हुन,हामीलाई राम्रो र इमान्दार नेताको खाँचो छ, जहिले पनि राम्रो र इमान्दार नेताको चाहना गर्छौ तर चूनावमा भोट चहि अर्कोतिर हाल्छौ, हामी जहिले पनि सुन्तलाको चाहना गर्छौ तर मल चहि भोकोटेमा हाल्छौ त्यसकारण अब उसो हामीले यस्तो गल्ती गर्नु हुदैन भन्दै गिरीले आह्वान गरे।हामी सवै गाउँबासी हरूको सल्लाह हुँदै थियो, त्यसैक्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स यहाँ आउनु भयो अनि २७, २८ दिन जस्तो जेसीपी चलाउनु दिनु भयो, त्यसैले हामीले हाम्रो पार्टीमा समर्थन जनाउने निर्णय लियौ प्रबक्ता गिरीले भने। अब हामी पाँच सय रूपियाँमा भूल्नु हुदैन, चूनावको समयमा धेरै नेताहरू आउँछ अनि समाजलाई टेबल चौकीहरू पनि दिन्छ तर टेबल चौकी र पाँच सय रूपियामा हामीले पाच बर्ष बर्बाद गर्नु हुदैन प्रबक्ता गिरीले आह्वान गरयो।

About Author

Advertisement