टी- क्यापिटल दार्जीलिङमा चिया उमार्नेहरूको कथा ‘उरमाल’

IMG-20250130-WA0270

दार्जीलिङ: चियाको कथा लिएर हिडेको उरमाल टोलीले आज चियाको क्यापिटल दार्जीलिङ पुगेर उपन्यासको लोकार्पण गरेको छ। यात्राको चौथो दिन आज दार्जीलिङमा आयोजित भव्य कार्यक्रम बीच किताब लोकार्पण गरिएको थियो।  कार्यक्रममा वरिष्ठ साहित्यकार डा गकुल सिन्हा मुख्य अतिथिको रूपमा उपस्थित थिए। वरिष्ठ सर्जक अमला सुब्बाको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा कवि समालोचक मनप्रसाद सुब्बा र रिता छेत्री विशिष्ट अतिथि थिए।

आज सम्पन्न भएको लोकार्पण कार्यक्रममा गायक सौरव मधुर राईको टोलीले गजल गाएको थियो भने रेडियो जकी  समीरले “सनकी शिवराज” शिर्षक च्याप्टर पाठ गरे। युवा गायक प्रज्ज्वल गजमेरले ‘कलम काटी’ गीत गाएका थिए। कार्यक्रममा आरजे समीरले आख्यानकार छुदेन काविमोसँग संवाद गरे। कार्यक्रममा कवि समालोचक मनप्रसाद सुब्बाले “आख्यानको कुरा ” माथि वार्ता प्रस्तुत गरेका थिए भने मुख्य अतिथि गोकुल सिन्हाले लेखन र प्रकाशन बीचको चुनौती माथि वार्ता प्रस्तुत गरे। भोलि उरमाल यात्रा टोली मिरिक पुग्नेछ।

About Author

Advertisement