नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले दक्षिण अफ्रिकाविरुद्ध ९ दिसम्बरदेखि शुरु हुने ५ वटा म्याचको टी२० सीरीजको निम्ति बुधवार भारतीय टीमको घोषणा गऱ्यो। यस १५ सदस्यीय टीममा शुभमन गिललाई पनि स्थान दिइएको छ, जो चोटसँग जुझिरहेका छन्। टी२० सीरीजमा गिलको उपलब्धता सीओई (सेण्टर अव् एक्सीलेन्स) को फिटनेस रिपोर्टमाथि निर्भर रहनेछ। यसरी अलराउण्डर हार्दिक पाण्ड्या पनि टीममा फर्किएका छन्, जो चोटबाट मुक्त भइसकेका छन्। भारत र दक्षिण अफ्रिकाबीच ९ दिसम्बरदेखि टी२० सीरीज शुरु हुनेछ। पहिलो म्याच कटकमा खेलिनेछ जबकि दोस्रो म्याच ९ दिसम्बरमा चण्डीगढ़मा हुनेछ। रहल म्याचहरू क्रमशः १४, १७ र १९ दिसम्बरमा खेलिनेछ। आउँदो वर्ष हुने आईसीसी टी२० विश्व कपको तयारीहरूलाई ध्यानमा राखेर भारतको निम्ति सीरीज महत्त्वपूर्ण हुनेछ। कप्तान सूर्यकुमार यादवको अगुवाईमा रहने भारतीय टीममा जितेश शर्मा र सञ्जु सेमसनको रूपमा दुईजना विकेटकीपर ब्याटर रहेका छन्। यसरी पेस बलर जसप्रीत बुमराह पनि टीममा फर्किएका छन्।
दक्षिण अफ्रिकाविरुद्ध सीरीजको निम्ति भारतीय टी२० टीम यसप्रकार छः
सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, जितेश शर्मा (विकेटकीपर), सञ्जु सेमसन (विकेटकीपर), जसप्रीत बुमराह, वरुण चक्रवर्ती, अर्शदीप सिंह, कुलदीप यादव, हर्षित राणा, वाशिंगटन सुन्दर।








