टी२० सीरीजको निम्ति भारतीय टीम जिम्बाब्वे प्रस्थान

IMG-20240702-WA0152

मुम्बई: जिम्बाब्वेविरुद्ध टी२० सीरीजको निम्ति भारतीय क्रिकेट टीमले आज बिहान प्रस्थान गऱ्यो। सीरीजको पहिलो टी२० इण्टरनेशनल म्याच ६ जुलाईमा खेलिनेछ। यसरी पाँचौं तथा अन्तिम म्याच १४ जुलाईमा हुनेछ। सीरीजको सबै म्याच हरारे स्पोर्ट्स क्लबमा खेलिनेछ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले जिम्बाब्वे जाने खेलाड़ीहरूका तस्वीर एक्स-मा शेयकर गरेको छ, जसमा अभिषेक शर्मा, मुकेश कुमार, रुतुराज गायकवाड़, आवेश खान, रियान पराग आदि रहेका छन्। टीमसँग अन्तरिम मुख्य प्रशिक्षकको रूपमा पूर्व भारतीय क्रिकेटर तथा राष्ट्रिय क्रिकेट एकाडमी (एनसीए)-का प्रमुख भीभीएस लक्ष्मण पनि गएका छन्। क्याप्शनमा लेखिएको छ, जेट सेट जिम्बाब्वे। जिम्बाब्वे विरुद्ध टी२० सीरीजको निम्ति शुभमन गिललाई कप्तान बनाइएको छ। यस टीममा टी२० वर्ल्ड कपको मुख्य टीममा रहने केवल दुईजना खेलाड़ी यशस्वी जयसवाल र सञ्जु सेमसनलाई सामेल गरिएको छ। टी२० वर्ल्ड कपमा हिस्सा लिने अन्य सबै खेलाड़ीहरूलाई विश्राम दिइएको छ। यसबीच जिम्बाब्वे क्रिकेटले सोमवार टी२० वर्ल्ड कप च्याम्पियन भारतविरुद्ध सीरीजको निम्ति टीमको घोषणा गऱ्यो। यस सीरीजको निम्ति जिम्बाब्वेले युवा टीम चयन गरेको छ, जसमा सीनियर टीमका अधिकांश खेलाड़ी नै छैनन्। सिकन्दर रजा टीमका कप्तान हुनेछन्। सीरीजको पहिलो दुईवटा म्याच ६ र ७ जुलाईमा खेलिनेछ। त्यसपछि तेस्रो म्याच १० जुलाई, चौथो १३ जुलाई र पाँचौं तथा अन्तिम म्याच १४ जुलाईमा खेलिनेछ। प्रत्येक म्याच भारतीय समयानुसार दिउँसो ४:३० बजीदेखि शुरु हुनेछ।

About Author

Advertisement