टी२० वर्ल्ड कपको निम्ति अष्ट्रेलियाई टीमको घोषणा

IMG-20260101-WA0016

मेलबर्न: अष्ट्रेलियाले यस साल हुने टी२० वर्ल्ड कपको निम्ति आफ्नो सम्भावित (प्रोविजनल) टीमको घोषणा गऱ्यो। यस टीममा पेस बलर प्याट कमिन्स र जोश हेजलवुडको आगमन भएको छ जबकि पञ्जाब किंग्सबाट खेल्ने अलराउण्डर मिचेल ओवेनलाई चाहिँ स्थान प्राप्त भएन। चयनकर्ताहरूले यसपाली स्पिनलाई महत्त्व दिँदै सन्तुलित टीमको चयन गरेको छ। टेस्ट कप्तान कमिन्स र प्रमुख पेस बलर हेजलवुड चोटग्रस्त हुँदा एशेज सीरीजको अवधि अष्ट्रेलियालाई ठूलो झट्का लागेको थियो। कमिन्स ढाड़को चोटले गर्दा पाँचमा केवल एउटा टेस्ट (एडिलेड)-मा खेलेका थिए जबकि हेडलवुड पूरा सीरीजबाट नै बाहिर रहे। अहिले दुवै खेलाड़ीको फिटनेसमा सुधार आएको छ अनि उनीहरूलाई वर्ल्ड कपको टीममा सामेल गरिएको छ। कमिन्सको यस महिनाको अन्तमा अझ एउटा स्क्यान रिपोर्ट आउनेछ, जसमा उनको उपलब्धताको अन्तिम पुष्टि हुनेछ। मुख्य चयनकर्ता जर्ज बेलीले टीममाथि भरोसा व्यक्त गर्दै भने, प्याट कमिन्स, जोश हेजलवुड र टिम डेविड असल रिकवरी गरिरहेका छन् अनि यी खेलाड़ीहरू वर्ल्ड कपको निम्ति उपलब्ध रहने हामीलाई पूरा भरोसा छ। यो शुरुवाती टीम हो अनि आवश्यकता परे सपोर्ट पीरियड अघि बद्लाउ गर्न सकिनेछ।
अष्ट्रेलियाले ग्रुप चरणका सबै म्याचहरू श्रीलंकामा खेल्नेछ अनि त्यहाँ पीच स्पिन बलिंग सहायक रहने सम्भावना छ। यस कुरालाई ध्यानमा राखेर टीममा एडम जाम्पाको साथमा देब्रे हातका स्पिनर म्याथ्यू कुहनेम्यान र कूपर कोनोलीलाई सामेल गरिएको छ। यसबाहेक ग्लेन म्याक्सवेलको रूपमा पार्ट टाइम स्पिनको विकल्प पनि रहनेछ। अलराउण्डर मिचेल ओवेनलाई टीममा स्थान नदिनु सबैभन्दा आश्चर्यजनक फसेला रह्यो। ओवेनलाई हालै आईपीएल २०२६ अघि पञ्जाब किंग्सले रिटेन गरेको थियो तर उनले अष्ट्रेलियाई टीममा चाहिँ स्थान बनाउन सकेनन्। यसबाहेक जोश ईंग्लिशको निम्ति कुनै ब्याक अप् विकेटकीपरको चयन गरिएको छैन। मिचेल स्टार्कले सन्न्यास लिएपछि कुनै देब्रे हातका पेस बलर पनि टीममा छैनन्। पेस आक्रमणको अगुवाई कमिन्स र हेजलवुडले गर्नेछन्। यी दुईको साथमा न्याथन एलिस र जेवियर बार्टलेट रहनेछन्। यसरी क्यामरन ग्रीन र मार्कस स्टोइनिसले अलराउण्डरको रूपमा पेस आक्रमणलाई मजबूती दिनेछन्। टी२० वर्ल्ड कपमा अष्ट्रेलियाले आफ्नो पहिलो म्याच ११ फरवरीमा आयरल्याण्डविरुद्ध खेल्नेछ। वर्ल्ड कप अघि अष्ट्रेलियाले पाकिस्तानविरुद्ध अलग टी२० सीरीज पनि खेल्नेछ, जसको निम्ति टीमको घोषणा पछिबाट गरिनेछ।
टी२० वर्ल्ड कपको निम्ति अष्ट्रेलियाई टीम यसप्रकार रहेको छः मिचेल मार्श (कप्तान), जेवियर बार्टलेट, कूपर कोनोली, प्याट कमिन्स, टिम डेविड, क्यामरन ग्रीन, न्याथन एलिस, जोश हेजलवुड, ट्रेविस हेड, जोश ईंग्लिश, म्याथ्यू कुहनेम्यान, ग्लेन म्याक्सवेल, म्याथ्यू शर्ट, मार्कस स्टोइनिस, एडम जाम्पा।

About Author

Advertisement