नयाँ दिल्ली: बंग्लादेशको टीम टी२० वर्ल्ड कपबाट बाहिर हुँदा सबैभन्दा धेर फाइदा स्कटल्याण्डलाई भएको छ। स्कटल्याण्डले यस वैश्विक टुर्नामेण्टको निम्ति क्वालीफाई गर्न सकेको थिएन तर टुर्नामेण्ट शुरु हुन ठीक अघि उनीहरूलाई अचानक प्रवेश हासिल भयो। आईसीसीको फसेलापछि स्कटल्याण्डले पनि उनीहरू टी२० वर्ल्ड कपमा खेल्न अनि भारत यात्राको निम्ति उत्सुक रहेको पुष्टि गरेको छ। भारतमा आएर म्याचहरू नखेल्ने जिदमा अडिग रहँदा आईसीसीले बंग्लादेशलाई टी२० वर्ल्ड कपबाट बाहिर गरेर स्कटल्याण्डलाई मौका दिएको छ। आईसीसी टी२० वर्ल्ड कप ७ फरवरीदेखि शुरु हुनेछ अनि स्कटल्याण्डको टीम परिस्थितिहरूसँग तालमेल मिलाउन चाँड़ै भारत आउन चाहन्छ। आईसीसीलाई लेखेको एउटा विशेष आभार पत्रमा क्रिकेट स्कटल्याण्डले निमन्त्रण स्वीकार गरेको छ। क्रिकेट स्कटल्याण्डका मुख्य कार्यकारी अधिकारी ट्रूडी लिण्डब्लेडले भनेका छन्, मलाई आईसीसीबाट एउटा पत्र प्राप्त भयो जसमा के हाम्रो पुरुष टीमले टी२० वर्ल्ड कपमा खेल्न चाहन्छ भन्ने प्रश्न गरिएको थियो। हामीले त्यस प्रस्तावलाई स्वीकार गऱ्यौं। यस आमन्त्रणको निम्ति हामी आईसीसी प्रति आभारी छौं। स्कटल्याण्डको खेलाड़ीहरूका निम्ति लाखौं समर्थकहरू अघि वैश्विक मञ्चमा प्रतिस्पर्धा गर्नु एउटा रोमाञ्चक अवसर हुनेछ। यो अवसर चुनौतीपूर्ण अनि अनौठो परिस्थितिहरूले गर्दा सम्भव भएको पनि हामी स्वीकार गर्छौं। हाम्रो टीमले आउँदो यात्राहरूको निम्ति गत केही हप्तादेखि अभ्यास गरिरहेको छ। अहिले हामी चाँड़ै भारत पुग्ने तयारी गरिरहेका छौं। हामी त्यहाँको परिस्थितिहरूसँग तालमेल मिलाउन चाहन्छौं। हामी आईसीसी पुरुष टी२० वर्ल्ड कपमा खेल्न अनि योगदान दिन तयार छौं। उल्लेखनीय छ, स्कटल्याण्ड ग्रुप सी-मा रहेको छ। ग्रुप चरणमा टीमको चारवटा म्याच ७ फरवरी (वेष्ट इण्डिजविरुद्ध), ९ फरवरी (इटलीविरुद्ध), १४ फरवरी (ईंग्ल्याण्डविरुद्ध) अनि १७ फरवरी (नेपालविरुद्ध)-मा रहेको छ।










