नयाँ दिल्ली: आईसीसी टी२० वर्ल्ड कपमा भारतको ऐतिहासिक जीतपछि भारतीय खेलाड़ीहरूलाई ऱ्याङकिंगमा फाइदा भएको छ। आईसीसीद्वारा बुधवार जारी ताजा टी२० ऱ्याङकिंंगमा भारतीय खेलाड़ीहरूले निक्कै सुधार गरेका छन्। भारतले आइतवार खेलिएको फाइनलमा न्यूजील्याण्डलाई ९६ रनले पराजित गरी लगातार दोस्रोपल्ट अनि समग्रमा तेस्रोपल्ट टी२० वर्ल्ड कप जितेको थियो। त्यसले गर्दा भारतका दुईजना युवा ब्याटर अभिषेक शर्मा र ईशान किशन ब्याटरहरूका ऱ्याङकिंगमा शीर्ष २ स्थानमा पुगेका छन्। देब्रे हातका ओपनर अभिषेकले टी२० इण्टरनेशनल ब्याटरहरूका ऱ्याङकिंगमा आफ्नो शीर्ष स्थान कायम राखेका छन्। उनले टी२० वर्ल्ड कपको फाइनलमा अर्द्धशतक बनाएका थिए। अभिषेक लामो समयदेखि शीर्ष स्थानमा कायम छन्। यसरी टी२० वर्ल्ड कपमा असाधारण प्रदर्शनले ईशानलाई ठूलो फाइदा भएको छछ। देब्रे हातका विकेटकीपर ब्याटरले टुर्नामेण्टमा ३१७ रन बनाएका थिए अनि यस प्रदर्शनको साथ उनी ऱ्याङकिंगमा २ स्थान अघि बढ़ेर दोस्रो स्थानमा पुगेका छन्। उनले आफ्नो करियरको सर्वश्रेष्ठ रेटिंग पोइण्ट्स (८७१) पनि हासिल गरेका छन्। उनी अहिले अभिषेकभन्दा केवल ४ रेटिंग पोइण्ट्स पछि रहेका छन्। टी२० ब्याटरहरूका ऱ्याङकिंगमा अभिषेक र ईशानपछि तिलक वर्मा र कप्तान सूर्यकुमार यादव शीर्ष १०-मा सामेल छन्। तिलकलाई १ स्थानको नोक्सान भएको छ अनि अहिले सातौं स्थानमा रहेका छन्। यसरी सूर्यकुमार पनि २ स्थानको नोक्सानसहित नवौं स्थानमा रहेका छन्। तेस्रो स्थानमा पाकिस्तानका साहिबजादा फरहान र चौथो स्थानमा ईंग्ल्याण्डका फिल सल्ट रहेका छन्। पाँचौं स्थानमा श्रीलंकाका पाथुम निसांका रहेका छन्। सञ्जु सेमसनले पनि १८ स्थानको सुधार गरी २२औं स्थान हासिल गरेका छन्। यसरी शिवम दुबे ४ स्थान अघि बढ़ेर २७औं स्थानमा पुगेका छन्। टी२० वर्ल्ड कपमा असल प्रदर्शन गर्ने अन्य खेलाड़ीहरूका ऱ्याङकिंगमा पनि सुधार देख्न पाइएको छ। न्यूजील्याण्डका टिम साइफर्ट ४ स्थान अघि बढ़ेर छैटौं स्थानमा पुगेका छन्। यसरी ईंग्ल्याण्डका युवा ब्याटर जेकब बेथेलले १७ स्थानको सुधार गरी १६औं स्थान हासिल गरेका छन्।
बलरहरूका ऱ्याङकिंगमा पनि फेरबदल देख्न पाइएको छ। भारतका स्पिनर वरुण चक्रवर्तीले शीर्ष स्थान गुमाएका छन्। उनी दोस्रो स्थानमा रहेका छन्। यसरी अफगानिस्तानका स्पिनर राशिद खान नम्बर १ टी२० इण्टरनेशनल बलर बनेका छन्। यसबाहेक ईंग्ल्याण्डका स्पिनर आदिल राशिद चौथो र भारतीय पेस बलर जसप्रीत बुमराह छैटौं स्थानमा पुगेका छन्। भारतीय अलराउण्डर अक्षर पटेलले ६ स्थानको सुधार गरी १७औं स्थान हासिल गरेका छन्। बलरहरूका ऱ्याङकिंगमा शीर्ष १०-मा केवल २ जना भारतीय रहेका छन्। तेस्रो स्थानमा पाकिस्तानका अबरार अहमद छन् जबकि दक्षिण अफ्रिकाका कर्बिन बश पाँचौं स्थानमा रहेका छन्। भारतका अर्शदीप सिंह ३ स्थानको नोक्सानसहित १६औं स्थानमा रहेका छन्। टी२० इण्टरनेशनल अलराउण्डरहरूका ऱ्याङकिंगमा पनि प्रतिस्पर्धा रोचक रहेकको छ। जिम्बाब्वेका कप्तान सिकन्दर रजा शीर्ष स्थानमा कायम छन् जबकि दोस्रो स्थानमा भारतका हार्दिक पाण्ड्या रहेका छन्। दुवै खेलाड़ीले यस हप्ता आफ्नो करियरको सर्वश्रेष्ठ ऱ्याङकिंग हासिल गरेका छन्।









