दुबई: भारतीय क्रिकेटर तिलक वर्मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) – द्वारा बुधवार जारी पुरुष टी२० ब्याटरहरूका ऱ्याङकिंगमा दोस्रो स्थानमा पुगेका छन्। यसरी स्पिनर वरुण चक्रवर्ती २५ स्थानको सुधार गरी बलरहरूका सूचीमा शीर्ष पाँचमा सामेल भएका छन्। ब्याटरहरूका सूचीमा वर्मा अहिले अष्ट्रेलियाका ट्रेविस हेडको ठीक पछि रहेका छन्। हेडसँग अहिले शीर्ष स्थानमा २३ पोइण्ट्सको बढ़त रहेको छ। देब्रे हातका ब्याटर वर्मा ईंग्ल्याण्डविरुद्ध जारी सीरीजको पहिलो तीनवटा म्याचमा अविजित १९, अविजित ७२ र १८ रन बनाएका छन्। सीरीजमा अझ दुईवटा म्याच बाँकी छ अनि वर्मासँग हेडलाई उछिन्ने अनि ऱ्याङकिंगमा शीर्षमा पुग्ने सबैभन्दा कम्ती उमेरको खेलाड़ी बन्ने मौका रहनेछ। भारतीय ओपनर अभिषेक शर्मा पनि ५९ स्थानको सुधार गरी सीधै ४०औं स्थानमा पुगेका छन् जबकि ईंग्ल्याण्डका लियाम लिविंगस्टोन (५ स्थान अघि बढ़ेर ३२औं स्थान) र बेन डकेट (२८ स्थान अघि बढ़ेर ६८औं स्थानमा)-को ऱ्याङकिंगमा पनि सुधार भएको छ। ईंग्ल्याण्डविरुद्ध तेस्रो म्याचमा ५ विकेट हासिल गर्ने वरुण चक्रवर्ती शीर्ष पाँच बलरहरूमा सामेल भएका छन्। उनका साथी स्पिनर अक्षर पटेल पाँच स्थान अघि बढेर ११औं स्थानमा पुगेका छन्। ईंग्ल्याण्डका स्पिनर आदिल राशिद भारतविरुद्ध असल प्रदर्शनको साथ टी २० अन्तर्राष्ट्रिय बलरहरूका ऱ्याङकिंगमा फेरि शीर्ष स्थानमा फर्किएका छन्। यसअघि उनी २०२३-मा शीर्ष स्थानमा पुगेका थिए। यसबीच बोर्डर-गावस्कर ट्रफीमा असाधारण प्रदर्शन गर्ने भारतीय पेस बलर जसप्रीत बुमराहले टेस्ट बलरहरूका ऱ्याङकिंगमा आफ्नो शीर्ष स्थान कायम राखेका छन्।









