टी२० प्रारूपको माध्यमले क्रिकेटलाई फैलाउने सल्लाह दिए रवि शास्त्रीले

IMG-20240709-WA0220

नयाँ दिल्ली: भारतका पूर्व क्रिकेटर तथा मुख्य प्रशिक्षक रवि शास्त्रीले बताएअनुसार, टेस्ट क्रिकेटलाई ६-७ वटा देशबीच खेलिने खेलहरूमै सीमित राखिनु पर्छ अनि विश्वभरि खेललाई फैलाउने जिम्मेवारी टी२० प्रारूपको माध्यमले हुनु पर्छ। एउटा कार्यक्रममा शास्त्रीले भने, तपाईंले २ वटा स्तर राख्न सक्नुहुन्छ तर टेस्ट क्रिकेटमा रुची बनाइराख्न शीर्ष ६ वटा टीमलाई खेल्न दिनु पर्छ। तपाईं यस खेललाई टी२० जस्तो अन्य प्रारूपहरूमा पनि फैलाउन सक्नुहुन्छ। तपाईंसँग गुणवत्ता नहुँदा रेटिंग झर्छ अनि भीड़मा मानिसहरू कम्ती देखिन्छन्। त्यो अर्थहीन क्रिकेट हुन्छ। अहिले हामीसँग १२ वटा टेस्ट खेल्ने टीम छ। यसलाई घटाएर ६-७ वटा गर्नु पर्छ। त्यहाँ पदोन्नति प्रणाली राख्नु पर्छ। असल प्रदर्शन गर्ने टीम माथि जानेछ भने खराब खेल्ने टीम तल झर्नेछ। यसरी एमसीसी अध्यक्ष मार्क निकोलसले भने, टी२० क्रिकेटबाट आउने पैसा खेलको वित्तीय स्थितिलाई कायम राख्ने एकमात्र तरिका हुनसक्छ। टी२० क्रिकेट त्यो महानायक हो, जसलाई सबैले मन पराउँछन्। यो त्यो प्रारूप हो जसमा नयाँ बजार, प्रशंसक र पैसा रहेको छ। क्रिकेटमा पैसालाई नराम्रो दृष्टिकोणले हेरिन्छ तर यस्तो हुनु हुँदैन कारण यस खेललाई कायम राख्ने यही एकमात्र तरिका हो।
अष्ट्रेलियाका पूर्व ओपनिंग ब्याटर तथा मुख्य प्रशिक्षक जस्टिन लेंगरले यस सालको शुरुवातमा अष्ट्रेलिया यात्रामा वेष्ट इण्डिजका पेस बलर शेमार जोसेफको यादगार पदार्पणलाई याद गर्दै युवाहरूमाथि यसको प्रभावले गर्दा अन्तर्राष्ट्रिय क्रिकेटलाई संरक्षित गरियोस् भन्ने चाहना व्यक्त गरे। लेंगरले भने, जोसेफको यादगार पदार्पणले अष्ट्रेलियालाई मन्त्रमुग्ध बनायो अनि यसले क्यारेबियन परम्परालाई पनि जीवन्त गऱ्यो। हामीले गत हप्ता पनि भारतको वर्ल्ड कप जीतको खुशीयाली मनाउन १० लाख मानिसहरू एकत्रित भएको देख्यौं। यो द्विपक्षीय र अन्तर्राष्ट्रिय क्रिकेट हो। प्रतिष्ठित क्रिकेट स्थल लर्ड्समा १० जुलाईदेखि ईंग्ल्याण्ड र वेष्ट इण्डिजबीच पहिलो टेस्ट म्याच शुरु हुनेछ, जुन अनुभवी पेस बलर जेम्स एण्डरसनको विदाई म्याच पनि हुनेछ।

About Author

Advertisement