टिस्टा नदीमा निखोज ट्रक टिस्टा रङ्गीत रेस्क्यु टीमको सहयोगमा दुइ दिन पछि निकाल्न सफल

f3cb78187958d50df5cbd3d1a80dafba.jpg

टिस्टा: गत दुई दिन अघि राष्ट्रिय राजमार्ग १० अन्तर्गत २९ माईलबाट ब्रेक फेल भएर एउटा ट्रक सोझै टिस्टा नदीमा खसेको थियो।सो ट्रक सिक्किमको थियो।आज नदीबाट सो निखोज ट्रक खोजी निकालिइयो। यस ट्रक दुर्घटनामा चालक अनि खलासी भाग्यले बाँचेका थिए। टिस्टा नदीमा डुबेको उक्त ट्रक (डब्लुबी७३सी३८६३) – को गत दुई दिनदेखि लगातार रूपमा खोजी अभियान जारी राखिएको थियो भने अन्ततः आज उक्त ट्रकलाई टिस्टा रङ्गीत रेस्क्यु टीम अनि रम्बी पुलिसको सहायतामा निकाल्न सफल भएको छ। प्राप्त जानकानी अनुसार उक्त ट्रकको मालिक नातनाथ सिक्किम मंगन निवासी रहेको छ। उक्त ट्रक दुर्घटनामा चालक चन्द्रप्रसाद अनि खलासी रितेश थापा भाग्यले बाचेका छन्। टिस्टा रङ्गीत रेस्क्यु दल टिस्टा नदीमा निखोज ट्रकको खोजीमा लगातार लागिपरेपछि ट्रकलाई नदीको लगभग २० फीट गहिऱ्याइबाट निकल्न सफल भएको बताइएको छ।

About Author

Advertisement