टिस्टा नदीमा एउटा १७ यात्री सवार भएको डुंगा पल्टीयो

IMG_20220624_162625.jpg

कूचबिहार। मेखलीगंजमा टिस्टा नदीमा एउटा १७ यात्री सवार भएको एउटा डुंगा पल्टीयेको छ। एसका यात्रीहरुलाई बचाए पनि नाविक (माझी) को पत्तो लागेको छैन। गोताखोरको मद्दतले शुक्रवार बिहान कूचबिहारबाट खोजी अभियान चलाइँदैछ।

वस्तुतः लगातार पानी परिरहेको कारण टिस्टा नदीको जलस्तर बढ़ेपछि रेड अलर्ट जारी गरिएको छ। जानकारी अनुसार, १७ यात्री र बदामको बोराहरू लिएर गईरहेको एउटा डुंगा टिस्टा नदीमा बिहीवार राति अचानक पल्टियो। जानकारी पाउनसाथ सर्वप्रथम स्थानीय मानिसहरूले बचाव कार्य शुरू गरे औं १६ जनालाई बाहिर निकाले। डुंगाको माझीको अहिलेसम्म पत्तो लागेको छैन। शुक्रवार बिहान कूचबिहारबाट गोताखोरहरूलाई ल्याइयो औं एक पल्ट फेरि माझीलाई खोज्नु शुरू गरिएको छ।

उल्लेख्य, उत्तर बंगालका धेरै जिल्लाहरूमा गत केही दिनदेखि लगातार पानी परिरहेछ। जसबाट उत्तर बंगालका विभिन्न क्षेत्रहरूमा पानी जमा भएको छ।

About Author

Advertisement