जलपाइगढी। दुइ दिनदेखि परिरहेको पानीले गर्दा टिस्टा नदीको जलस्तर निक्कै बढेको छ। पानी बढ़ेकोले जलपाइगढी सिँचाई विभागको तर्फबाट दोमहानीदेखि बङ्ग्लादेश सीमासम्म असुरक्षित इलाकामा यल्लो अलर्ट जारी गरेको छ। पानी पर्न साथ टिस्टा नदीको बढ्दो जलस्तरलाई लिएर पुलिस प्रशासन चिन्तित छ। यसैले जिल्ला पुलिस अधीक्षक देवर्षी दत्तले गत राति लगभग ९ बजी टिस्टा नदीको निरीक्षण गरे। यस अवधि तिनसित जलपाइगढी नगरपालिकाका भाइस चेयरम्यान सैकत च्याटर्जी र अन्य अधिकारीहरू उपस्थित थिए।
पुलिस अधीक्षकले नदीको जलस्तर साथै बाँधको स्थितिको पनि निरीक्षण गरेपछि नदीको स्थितिलाई लिएर सिँचाई विभाग र लोक निर्माण विभागलाई अलर्ट गरिने बताए। अर्कोतिर, जलपाइगढी नगरपालिकाका भाइस चेयरम्यान सैकत च्याटर्जीले जिल्ला प्रशासन नगरपालिकाको कुनै पनि परिस्तितिसित जुझ्न लागि सतर्क रहेको बताए।










